Top Ad unit 728 × 90

a
Ad Inside Post

माओवादी नेतालाई एमाले प्रवेश गराउँदै ‌ओलीले भने - अब छाती चौडा पारेर हिँड्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमाले बहुमत सहितको एक नम्बर पार्टी बन्ने उद्घोष गरेका छन्। आइतबार धुम्बाराहीस्थित कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एक नम्बर पार्टी हुने नारा तीन वर्ष पुरानो भएको भन्दै अब बहुमत सहितको एक नम्बर हुने दावी गरे। 'हामीलाई चाहिएको बहुमत हो।

 एक नम्बर मात्र होइन, बहुमत सहितको एक नम्बरको पार्टी बनाउने हो' अध्यक्ष ओलीले भने। ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति र मुगु जिल्लाका सल्लाहकार धनजित धियाललाई एमाले प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्ने नेतालाई सम्बोधन गर्दै उनले 'अब एमाले बनेर छाती चौडा पारेर हिँड्न' आग्रह गरे। 'तपाईँलाई कुन पार्टीमा भनेर सोध्दा माओवादी भन्न लाज मान्नुपर्ने थियो। अब एमाले हुँ भन्दा लाज मान्नु पर्दैन। छाती चौडा पारेर एमाले हुँ भन्नुस्'। 

उनले एमालेले नै राष्ट्रियताको रक्षा गर्ने दावी गरे। ओलीले कार्यकर्तालाई निर्देशन दिँदै नवप्रवेशी कार्यकर्तालाई भेदभाव नगर्न आग्रह गरे। 'नयाँ भएकाले भेदभाव गरे वास्ता गरेनन् भनेर सोच्ने अवस्था नआओस्' उनले भने। ओलीले नवप्रवेशी कार्यकर्तालाई पनि उचित जिम्मेवारी दिनुपर्ने बताए। 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरे भन्ने अवस्था नआओस्' उनले भने
माओवादी नेतालाई एमाले प्रवेश गराउँदै ‌ओलीले भने - अब छाती चौडा पारेर हिँड्नुस् Reviewed by a on 6:56 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.