Top Ad unit 728 × 90

a
Ad Inside Post

केटी-केटीबीचको विहे गराएर रुकुममा मनाइयो पापिनी मेला

रुकुम सिम्लीमा परम्परादेखि लाग्दै आएको पापिनी मेला आइतबार सकिएको छ। मगर समूदायको बाहुल्य रहेको सिम्लीको मगररांङ्जामा मगर कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रुपमा प्रत्येक बर्ष पापिनी मेला लाग्दै आएको छ। मेलामा स्थानीय मगर समूदायको भेषभूषामा सजिएका बालबालिकादेखि बृद्धबृद्धासम्मको आआफ्नै सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिन्छ। दुई जना किशोरीलाई दुलाहा दुलही बनाई पूजापाठ गरी विवाह गरेपछि मेला सम्पन्न हुन्छ।



 किशोरी किशोरीलाई पुरुष र महिला बनाएर गरिने विवाह नै मेलाको मुख्य आर्कषण हो। गाविसको वडा नम्बर ८ मगररांङ्जामा करिब असी प्रतिशत मगर जातिको बसोबास रहेको छ। यस गाउँको कला संस्कृति अन्य गाउँको भन्दा फरक रहेको छ। मगररांङ्जामा एउटा फरक कला संस्कृति भएपनि यसको उचित प्रचारप्रसार गर्न नसकिएको मेला आयोजक समितिका अध्यक्ष मनवीर घर्तीले बताए। सिम्लीसँगै छिमेकी गरायला, अर्मा र छिवाङ गाविसबाट समेत स्थानीयहरु मेला हेर्न जाने गरेका छन्। 

केटी-केटीबीचको विहे गराएर रुकुममा मनाइयो पापिनी मेला Reviewed by a on 7:45 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.