Top Ad unit 728 × 90

a
Ad Inside Post

आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व

काठमाडौं । बंगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ । बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ । तन्त्रशास्त्रअनुसारका दस महाविद्यामध्ये बंगलामुखी पनि एक हुन् । बंगलामुखीको दर्शन गर्नाले मनोकामना पुरा हुने तथा आफूले चिताएको जस्तो जोडी मिलाइ दिने देवीको रुपमा बंगलामुखीलाई लिने गरिन्छ ।
बिहीबार विशेष भिड हुने यस मन्दिरको महत्व परापूर्व कालदेखि चल्दै आएको छ । बंगलामुखीको दर्शन गर्नाले हामीले चिताएको कुरा पुग्ने मनको इच्छा पुरा गर्नको लागि यस मन्दिरमा जाने गरिन्छ । उपत्यका लगायतका स्थानबाट यहाँ दर्शन गर्न आउँछन् र यस मन्दिर परिसरमा कुम्भेश्वर महादेवको मन्दिर पनि रहेको छ । बंगलामुखीमा बिहीबार विशेष पूजा भएपनि कुम्भेश्वरमा भने हरेक सोमबार तथा जनैपूर्णिमा, दशहरा, शिवरात्रीलगायतका बेला भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

आफूले चिताएको, मनोकामना पुरा हुने जस्तो जोडी मिलाइ दिने देवी बंगलामुखीको महत्व Reviewed by a on 1:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.