विद्युत प्राधीकरणका कर्मचारीको खेल : ५० लाखको बिजुली बाल्नेलाई ५ लाखको बिल
नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ देशभर लोडसेटिङ हटाउन लागि परेका छन्। उनैको प्रयासमा केहि महिना देखि उपत्यका भित्र लोडेसेटिङ छैन। घट्दो लोडेसेटिङ केहिका लागि गम्भिर टाउको दुखाइको बिषय बनेको थियो। घिसिङले हटाएको लोडसेटिङलाई फेरी बल्झाएर अन्धकार बनाउन प्राधीकरणकै केहि कर्मचारीले अगुवाइ गरेको खुलेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाले आइतवार विद्युत चोरी र मिटरमा छेडछाड गरेर राज्यको राजस्व चुहावट गर्न संलग्न रहेको आरोपमा १६ जना पक्राउ गर्यो जसमा १२ जना प्राधिकरणकै पुर्व एवं वहालवाला कर्मचारी थिए।
नेपाल विद्यु प्राधिकरण बालाजुका सुपर भाईजर ५० बर्षिय सुमन श्रेष्ठ, भक्तपुरका पुर्व सुपरभाईजर भगवान पाण्डे, मिटर रिडर ५६ बर्षीय टहल बहादुर कार्की, हेटौँडाका मिटर रिडर ५१ बर्षिय महादेव प्रधान, इलेक्ट्रिसियन अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुङ्गाना, श्याम वस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन पक्राउ परेका हुन्।
प्रहरीले बिषेश सुचनाको आधारमा केहि दिनको अनुसन्धानपछि उनिहरुलाई पक्राउ गरेको हो। उनिहरुले काठमाडौँ, भक्तपुर, हेटौँडा लगायतका स्थानमा रहेका कारखाना तथा निजी घरमा जडित मिटरको सिल तोडी कम महसुल देखाएर ५० हजार देखि १० लाखसम्म लिने गरेको खुल्न आएको छ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्- 'उनीहरुले कम विलिङ गर्ने र लोडसेडिङ गराउन मद्दत गरेको देखिएको छ। उनीहरुलाई अदातलबाट म्याद थप गरि अनुसन्धान गरिरहेका छौँ।' प्रहरीको अनुसन्धानमा अन्य गिरोहपनि रहेको हुँदा खोजी र पक्राउ गर्ने क्रम भईरहेको समेत उनले जानकारी दिए।
त्यस्तै थ्री फेज लाईनको मिटरमा विजुली खपत बापत उठेको १० लाख देखि १५ लाख रुपैयाँ सम्मको बिल ५० हजार देखि १ लाखसम्ममा झारिदिने गरेका थिए। त्यस बापत उनीहरुले दुई देखि १० लाखसम्मको रकम लिने गरेको एसएसपी खनालले जानकारी दिए।
उनी भन्छन्- 'यसरी उनिहरुले एउटा मिटरबाट १० हजार देखि १२ लाख सम्मको राजस्व झ्वाम पार्ने गरेको देखिएको हो। यसमा संगठित अपराध देखिन्छ त्यसैले माथिल्लो निकायको पनि संलग्नता छ कि भनेर अनुसन्धान गरिरहेका छौँ।'
कार्यालय समय सकिने बित्तिकै उनीहरुको यो धन्दा सुरु हुन्थ्यो। विगत १२ बर्षदेखि उनीहरु यसरी चोरी गर्दै आएको खुल्न आएको छ।
घिसिङले प्राधिकरणको कमान सम्हाले यता बिजुली चोरी अभियान नै सुरु गरेका छन्। सरकारले उर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा बिद्युत चुहावट अनुगमन टोली गठन गरेको छ।
पछिल्लो समय सरकार र प्राधीकरणले बिजुली माफिया बिरुद्ध चालेको कदमको परिमाण स्वरुप कर्मचारी पक्राउ परेका हुन्। बिद्युत चुहावटमा प्राधिकरणका कर्मचारीको संलग्नताबारे लामो समय देखि टिका टिप्पणी हुने गरेपनि उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको थिएन।
बिजुली चोरीबाट मात्रै राज्यलाई बर्षेनी आठ अर्ब रुपैयाँ बढी नोक्सान हुने गरेको थियो। प्राधिकरण घाटामा जाने मुख्य कारण नै चुहावट रहेको बताइने गरेपनि यसको न्युनिकरणमा ठोस प्रगति हुन सकेको थिएन।
अहिले पक्राउ परेका कर्मचारीले खानेपानी उद्योग देखि मिठाई पसलसम्मको मिटर गडवड गरेको देखिएको छ। कर्मचारीलाई घुस खुवाएर मिटर बिगार्न लगाउने चार जना ब्यापारीलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्जुश्री खानेपानीका संचालक कुमार लामा, मिठाई पसल संचालक तपन घोष, कपास व्यवसायी परवेज आलम र रामेश्वर मिठाई पसल संचालक रमेश चुडाल रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले आइतवार विद्युत चोरी र मिटरमा छेडछाड गरेर राज्यको राजस्व चुहावट गर्न संलग्न रहेको आरोपमा १६ जना पक्राउ गर्यो जसमा १२ जना प्राधिकरणकै पुर्व एवं वहालवाला कर्मचारी थिए।
नेपाल विद्यु प्राधिकरण बालाजुका सुपर भाईजर ५० बर्षिय सुमन श्रेष्ठ, भक्तपुरका पुर्व सुपरभाईजर भगवान पाण्डे, मिटर रिडर ५६ बर्षीय टहल बहादुर कार्की, हेटौँडाका मिटर रिडर ५१ बर्षिय महादेव प्रधान, इलेक्ट्रिसियन अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुङ्गाना, श्याम वस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन पक्राउ परेका हुन्।
प्रहरीले बिषेश सुचनाको आधारमा केहि दिनको अनुसन्धानपछि उनिहरुलाई पक्राउ गरेको हो। उनिहरुले काठमाडौँ, भक्तपुर, हेटौँडा लगायतका स्थानमा रहेका कारखाना तथा निजी घरमा जडित मिटरको सिल तोडी कम महसुल देखाएर ५० हजार देखि १० लाखसम्म लिने गरेको खुल्न आएको छ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल भन्छन्- 'उनीहरुले कम विलिङ गर्ने र लोडसेडिङ गराउन मद्दत गरेको देखिएको छ। उनीहरुलाई अदातलबाट म्याद थप गरि अनुसन्धान गरिरहेका छौँ।' प्रहरीको अनुसन्धानमा अन्य गिरोहपनि रहेको हुँदा खोजी र पक्राउ गर्ने क्रम भईरहेको समेत उनले जानकारी दिए।
यस्तो थियो सेटिङ
पक्राउ परेका प्राधीकरणका वहालवाला एवं पूर्व कर्मचारीले सिङ्गल फेज लाईनको मिटरमा बिजुली खपत बापत ४० देखि ५० हजार रुपैयाँसम्मको महसुल उठ्दा घटाएर ५ सय देखि १० हजार रुपैयाँसम्मको बनाईदिने गरेका थिए। जसबापत उनीहरले एउटाबाट १० देखी ३० हजारसम्म लिने गरेको खुलेको हो।त्यस्तै थ्री फेज लाईनको मिटरमा विजुली खपत बापत उठेको १० लाख देखि १५ लाख रुपैयाँ सम्मको बिल ५० हजार देखि १ लाखसम्ममा झारिदिने गरेका थिए। त्यस बापत उनीहरुले दुई देखि १० लाखसम्मको रकम लिने गरेको एसएसपी खनालले जानकारी दिए।
उनी भन्छन्- 'यसरी उनिहरुले एउटा मिटरबाट १० हजार देखि १२ लाख सम्मको राजस्व झ्वाम पार्ने गरेको देखिएको हो। यसमा संगठित अपराध देखिन्छ त्यसैले माथिल्लो निकायको पनि संलग्नता छ कि भनेर अनुसन्धान गरिरहेका छौँ।'
सुभरभाइजरको गाडी नै प्राधीकरणको अफिस!
पक्राउ परेको दुई सुभरभाईजरले बा. ५ च ३४५१ नम्बरको निजी गाडीलाई प्राधीकरण अफिस जस्तै बनाएका थिए। उनिहरु मिटरको सिल तोडमोड गर्न आवश्यक उपकरण गाडिमा नै राखेर तैनाथ बस्थे। उनीहरुले प्राधीकरणमा मात्र उपलब्ध सिल र अन्य उपकरणको समेत दुरुपयोग गरेको पाइयो। धेरै रकम कलकारखाना र उद्योगधन्दाबाट नै आउने हुँदा उनीहरुले ठूला ग्राहकलाई नै प्राथमिकतामा राखेर काम गर्थे।कार्यालय समय सकिने बित्तिकै उनीहरुको यो धन्दा सुरु हुन्थ्यो। विगत १२ बर्षदेखि उनीहरु यसरी चोरी गर्दै आएको खुल्न आएको छ।
एक प्रतिशत विद्युत चुहावत हुँदा ५० करोड घाटा
नेपाल विद्युत प्राधीकरणका अनुसार एक प्रतिशत बिजुली चुहावट हुँदा राज्यलाई ५० करोड रुपैयाँ राजश्व घाटा हुने गरेको छ। अहिले देशभर २६ प्रतिशत बिजुली चुहावट भइ रहेको प्राधीकरणको तथ्याङ्क छ। जस मध्ये १० प्रतिशत चुहावट प्राविधिक कारणले हुने गरे पनि १५ प्रतिशत बढी चुहावटको कारण मानविय रहेको प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँदै आएका छन्।घिसिङले प्राधिकरणको कमान सम्हाले यता बिजुली चोरी अभियान नै सुरु गरेका छन्। सरकारले उर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा बिद्युत चुहावट अनुगमन टोली गठन गरेको छ।
पछिल्लो समय सरकार र प्राधीकरणले बिजुली माफिया बिरुद्ध चालेको कदमको परिमाण स्वरुप कर्मचारी पक्राउ परेका हुन्। बिद्युत चुहावटमा प्राधिकरणका कर्मचारीको संलग्नताबारे लामो समय देखि टिका टिप्पणी हुने गरेपनि उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको थिएन।
बिजुली चोरीबाट मात्रै राज्यलाई बर्षेनी आठ अर्ब रुपैयाँ बढी नोक्सान हुने गरेको थियो। प्राधिकरण घाटामा जाने मुख्य कारण नै चुहावट रहेको बताइने गरेपनि यसको न्युनिकरणमा ठोस प्रगति हुन सकेको थिएन।
ठगी गर्नेमा खानेपानी उद्योग देखि मिठाई पसलसम्म
अहिले पक्राउ परेका कर्मचारीले खानेपानी उद्योग देखि मिठाई पसलसम्मको मिटर गडवड गरेको देखिएको छ। कर्मचारीलाई घुस खुवाएर मिटर बिगार्न लगाउने चार जना ब्यापारीलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मन्जुश्री खानेपानीका संचालक कुमार लामा, मिठाई पसल संचालक तपन घोष, कपास व्यवसायी परवेज आलम र रामेश्वर मिठाई पसल संचालक रमेश चुडाल रहेका छन् ।
विद्युत प्राधीकरणका कर्मचारीको खेल : ५० लाखको बिजुली बाल्नेलाई ५ लाखको बिल
Reviewed by a
on
7:24 AM
Rating:
Reviewed by a
on
7:24 AM
Rating:

No comments: