Top Ad unit 728 × 90

a
Ad Inside Post

भिडियोमा केकी र पुष्पलको प्रेम

नेपाली चलिचत्रकी नायिका केकी अधिकारी चलचित्रमा जति व्यस्त छिन् त्यो भन्दा बढी मोडलिङमा सक्रिय छिन् । केकीको अभिनय रहेको नयाँ म्युजिक भिडियो मंगलबार युट्युब मार्फत् सार्वजनिक भएको छ ।
भाइब्स क्रिएसनको च्यानलबाट सार्वजनिक भएको भिडियोमा केकीलाई मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् । केकी र पुष्पललाई एउटै म्युजिक भिडियोबाट सार्वजनिक गरेका हुन् गायक परशुराम रिजालले ।
राजधानीको त्रिभुवन पार्कमा छायांकन भएको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । जसमा नेपाल प्रहरीका एसपी राजुबाबु श्रेष्ठको शब्द समेटिएका छन् भने चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
भिडियोमा केकी र पुष्पलको प्रेम Reviewed by a on 8:15 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.