ओपन सोर्स सम्बन्धी यस्ता राेचक तथ्य जुन तपार्इलार्इ थाहा नहुन सक्छ
- ओपन सोर्सको पहिलो सेयरिङ कुनैपनि सफ्टवेयरसँग सम्बन्धित थिएन । १९११ मा हेन्री फोर्डले पहिलो ओपन सोर्सको पहलकदमी लिएको मानिन्छ जसमा अमेरिकी मोटर भेइकल निर्माणकर्ताबीच टेक्नोलोजी सेयरिङ भएको थियो ।
- धेरैलाई लाग्न सक्छ संसारको पहिलो ओपन सोर्स सफ्टवेयर लिनक्स हो भनेर । तर पहिलो ओपन सोर्स सफ्टवेयर ए–२ सिस्टम हो, जसलाई यूनिभर्सल अटोमेटिक कम्प्यूटर (यूनिभ्याक)ले सन १९५३ मा विकास गरेको थियो । प्रयोगकर्तालाई ए–२ को सोर्स कोड प्रदान गरिएको थियो ।
- ओपन सोर्स शब्दको पहिलो प्रयोग सन १९९८ मा गरिएको थियो जसलाई नेभिगेटर सोर्स कोड रिलिजका क्रममा सार्वजनिक गरिएको थियो । त्यसको एक हप्ता पछि लिनक्सले त्यस शब्दलाई एप्रोभल दिएसँगै यो शब्द चर्चित हुन पुग्यो ।
- सन २०१५ बाट ९५ प्रतिशत बढि मूलधारका आइटी फर्महरूले ओपन सोर्स प्लाटफर्मलाई आफ्नो सफ्टवेयर विकास गर्नका लागि प्रयोग गर्ने गरेको पाइएको गार्टनर एक चर्चित अमेरिकन आइटि रिसर्च फर्मको प्रतिवेदनले देखाएको छ ।
- पहिले पहिले सफ्टवेयर विकासकर्ताहरू हयाकरहरूले एप्स हयाक गर्ने डरले ओपन सोर्स प्लाटफर्म प्रयोग गर्न अलि डराउने गेरेको पाइएको थियो । तर अथार्थमा भने, सोर्स कोड सबैका लागि उपलब्ध भएपनि विकासकर्ताले थ्रेट डिटेक्ट सजिलै डिटेक्ट गर्न सक्छन जसका कारण ओपन सोर्स सफ्टवेयर लाई थप सेक्योर बनाएको हुन्छ ।
- चलचित्र क्षेत्रको पतिष्ठित अवार्ड अस्कर जस्तै ओपन सोर्स इन्डस्ट्रीको पनि आफ्नै प्रतिष्ठित अवार्ड रहेको छ जसलाई ‘इन्फो वल्र्ड बोस्सी अवार्ड’का नामले चिनिन्छ । यो अवार्ड २००७ सालमा स्थापना गरिएको थियो ।
- अहिलेसम्मकै सबैभन्दा अमूल्य ओपन सोर्स सफ्टवेयरको उपाधी दिइएको छ । यो उपाधी लिनक्सलाई ओपन सोर्स सफ्टवेयर सम्बन्धि अवार्ड ‘इन्फो वल्र्ड बोस्सी अवार्ड’ले प्रदान गरेको हो ।
ओपन सोर्स सम्बन्धी यस्ता राेचक तथ्य जुन तपार्इलार्इ थाहा नहुन सक्छ
Reviewed by a
on
8:10 AM
Rating:
Reviewed by a
on
8:10 AM
Rating:

No comments: