Top Ad unit 728 × 90

a
Ad Inside Post

भोट माग्दै तेरियाका आफन्त

माघ ६, २०७३- भारतीय सिनियर डान्स स्टारबीचको प्रतिस्पर्धामा फाइनलमा पुगेकी नेपाली किशोरी तेरिया फौजामगरलाई जिताउन अभियान थालिएको छ । रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरिया भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ रियालीटी सोको फाइनलमा पुगेकी छन् । तेरिया मगर फाउन्डेसनले ‘तेरिया जिताऔं अभियान’ सहित देशविदेशमा एसएमएस तथा इमेल भोट अभियान थालेको हो ।
फाइनल उपाधिका लागि नृत्यसँगै एसएमएस र इमेल भोटको आवश्यकता परेकाले अभियान थालिएको फाउन्डेसनका अध्यक्ष कृष्ण फौजामगरले बताए । ‘आफ्नो प्रतिभाले फाइनलमा पुगेकी तेरियालाई अब उपाधि कब्जा गर्न शुभेच्छुकको भोट आवश्यकता छ,’ तेरियाका हजुरबुबासमेत रहेका कृष्णले भने, ‘त्यसैले अभियान थालेका हौ ।’ फाउन्डेसनको आग्रहमा अहिले विभिन्न देशमा रहेका नेपालीले समेत अभियान चलाएका छन् । डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले नेपाली झन्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकाले सहयोगमा जुटेको कतारमा अभियान चलाएका चन्द्र मगरले बताए ।
भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको नृत्य प्रतियोगिता ‘झलक दिखला जा’ को सिजन ९ को ग्रयान्ड फाइनल आगामी शनिबार राति हुँदै छ । उनलाई बिहीबार राति ९ बजेसम्म भोट गर्न सकिनेछ । भारतमा रहेकाले भारतीय सिमकार्डबाट बढीमा एक सय पटकसम्म एसएमएस भोटिङ गर्न सकिनेछ । अनलाइन भोटिङमा पनि अनलाइन पीसीबाट एक सय पटकसम्म नै भोटिङ गर्न सकिने फाउन्डेसनले जनाएको छ । डान्स प्रतियोगिता विजेताबीच प्रतिस्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टीभी सो जित्नेले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछन् ।
सन् २०१४ को जी टीभीको ‘डीआईडीमा’ ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी तेरिया डीआईडी विजेताका तर्फबाट यसमा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जुनियर भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गरेका थिए । यीमध्ये तेरिया मात्रै फाइनलमा पुगिन् ।
फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्ड हिपहप विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन् । अहिलेसम्म तेरिया अगाडि छिन् । गत शनिबारको एपिसोडमा पनि उनले निर्णायकका तर्फबाट ४० अंकमा ४० पाएकी थिइन् । ‘अहिलेसम्म आफ्नो खुबीले सिनियर हस्तीलाई पछाडि पारें,’ हाल मुम्बईमा रहेकी तेरियाले एसएमएसमार्फत भनिन्, ‘नेपाली चेलीलाई ट्रफी उचाल्न अब भोट दिएर सहयोग गर्नुस् ।’

भोट माग्दै तेरियाका आफन्त Reviewed by a on 9:11 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.