Top Ad unit 728 × 90

a
Ad Inside Post

स्वामी ओमको अर्को आरोप, ‘सलमानलाई एड्स छ, त्यसकारण विवाह गरिरहेका छैनन्’

‘बिग बस’ को १० औं संस्करणका निकै विवादास्पद र चर्चित प्रतिस्पर्धी स्वामी ओमले पुनः विवादास्पद बयान दिएका छन् । पटक पटक निशानामा पारिरहने उनले सलमानमाथि पुनः गम्भीर आरोप लगाएका छन् ।
मुम्बईमा आयोजित एक पत्रकार सम्मेलनमा ओमले सलमानलाई एड्स लागेको बताउँदै उनले अहिलेसम्म विवाह नगर्नुको पछाडि यसै रोग दोषी भएको बताएका छन् ।
सलमानले यो कुरा सबैसँग लुकाएर राखेकोसमेत उनले बताएका छन् । साथै उनले सलमानमाथि अर्को आरोप लगाएका छन् । सलमानले सार्वजनिक रुपमा यसबारे नखुलाएपनि उनको श्रीमती र छोरी भएको स्वमानीले आधारहिन आरोप लगाएका छन् । श्रीमती र छोरीलाई सलमानले लण्डनमा राखेको बताएका छन् ।
बिग बसमाथि पनि जाइलागे स्वामी ओमः
स्वामी ओमले ‘बिग बस’ माथि पनि आफ्नो रिस फेरेका छन् । उनी भन्छन्, ‘मलाई बिग बसमाथि यस्तो रिस उठेको छ कि त्यो घर तोडेर मलाई आगो लगाउन मन लागेको छ । स्मरण रहोस्, सलमानमाथि ओमको हमला यो पहिलो भने होइन । उनले सलमान र बिग बसमाथि विभिन्न आरोप लगाउँदै आएका छन् ।
सलमान विरुद्ध निस्कनेछ र्यालीः
स्वामीले आउँदो जनवरी २७ तारिखमा सलमान खानविरुद्ध एउटा र्यालीसमेत निकाल्ने बताएका छन् ।
स्वामी ओमलाई यस्तै विवादास्पद र निराधार बयान र तल्लो स्तरको व्यवहारका कारण बिग बसबाट निकालिएका हुन् ।

स्वामी ओमको अर्को आरोप, ‘सलमानलाई एड्स छ, त्यसकारण विवाह गरिरहेका छैनन्’ Reviewed by a on 9:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.