Top Ad unit 728 × 90

a
Ad Inside Post

तिब्बतले हाँसिल गर्यो ११.५ प्रतिशतको आर्थिक वृद्धि

ल्हासा (चीन)— पश्चिम दक्षिण चीनको स्वशासित क्षेत्र तिब्बतले सन् २०१६ मा ११.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गरेको छ। नेपालसँग उत्तरी सीमा जोडिएको पठार तिब्बतको आर्थिक वृद्धि १६.५ बिलियिन अमेरिकी डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
शनिबार भएको चीनको स्वशासित क्षेत्रको वार्षिक आर्थिक सम्मेलनले आगामी वर्ष पनि तिब्बतको आर्थिक वृद्धिदर ११ प्रतिशत कायम राख्ने घोषणा गरेको छ।
गत वर्ष चीनको आर्थिक वृद्धि कमी आए पनि तिब्बतले डबल अंकको आर्थिक वृद्धिदर हाँसिल गरेको हो।
सन् २०१६ मा तिब्बतले २० प्रतिशतले लगानी बढाउँदै १६१ बिलियन युआन पुर्याएको थियो। ग्रामीण क्षेत्रका जनताको आम्दानी १३ प्रतिशतले वृद्धि भएको थियो भने सहरी क्षेत्रका जनताको आर्थिक वृद्धि १० प्रतिशतमा भएको थियो। सन् २०१७ मा तिब्बतले यो प्रगतिलाई कायमै राख्ने लक्ष्य लिएको छ।
सिचुवान विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक लुराङ ड्राडुलकाअनुसार केन्द्र सरकारको बलियो सहयोगका कारण अरु प्रान्तभन्दा तिब्बले तीब्र आर्थिक विकास गर्न सकेको हो। हिमाली भेगमा रेल्वेमार्ग सञ्चालन गरिसकेपछि अब तिब्बतमा अाैद्योगिकरण तथा व्यापार केन्द्र स्थापनाका लागि पूर्वाधार विस्तार भइरहेको छ।
सन् २०१६ देखि २०२० सम्ममा तिब्बतको विकासका लागि १८९ वटा आयोजना तय भएका छन्। केन्द्रीय सरकारको ६५७.६ बिलियन युआन सहयोगमा सञ्चालित ती आयोजनाले तिब्बतबासी जनताको जीवनस्तर, वातावरण तथा पूर्वाधार बसाउने विश्वास गरिएको छ।

तिब्बतले हाँसिल गर्यो ११.५ प्रतिशतको आर्थिक वृद्धि Reviewed by a on 11:11 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.