Top Ad unit 728 × 90

a
Ad Inside Post

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

reserved.
सोमबार, १८ पुष २०७३, १२ : ३९
जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ
सोमबार, १८ पुष २०७३, ११ : ३५ | नरहरि सापकोटा
स्वाँरा जंगलमा भेटिएको बिस्पोटक पदार्थ। तस्विर सौजन्य : सलिना गुरुङ
गोरखा- उत्तरी गोरखाको स्वाँरा-९ स्थित थला जंगलमा बिस्फोटक पदार्थ भेटिएको छ। जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए। भेटिएको उक्त तार र डेटोनेटर बिस्पोट गराउनमा प्रयोग गरिन्छ।
आइतबार दिउँसो गोठालो गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी सौरपानीबाट घटनास्थल पुगेर प्रहरीले बोरा कुहिएको अवस्थामा दुई बोरा बिस्पोटक पदार्थ नियन्त्रणमा लिएको जनाएको छ। भेटिएको उक्त बिस्पोटक पदार्थ द्वन्द्वकालमा माओवादीले लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ।
अहिले थप अनुसन्धान र खोजीका लागि इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरी निरीक्षक गौतम बोहोरासहितको टोली घटनास्थलतर्फ जाँदै गरेको डिएसपी थापाले बताए। दुई वर्षअघि पनि सोही ठाउँमा बिस्पोटक पदार्थ भेटिएको थियो र गोठालो गएका बालवालिकाले खेलाउँदा दुई जना सख्त घाइतेसमेत भएका थिए।

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ Reviewed by a on 11:08 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.