Top Ad unit 728 × 90

a
Ad Inside Post

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार

धादिङ- पाँचौ धादिङ महोत्सवमा १५ करोडको कारोबार भएको छ। पुस ७ देखि १७ गते सम्म सञ्चालन भएको महोत्सवमा रमाइलो मेला बाहेक १५ करोड बराबरको कारोबार भएको मेला मुल आयोजक समितिका संयोजक बोधनाथ दुवाडीले जानकारी दिए।
होटल व्यवसाय, दैनिक उपभोग्य सामान, अटोमोबाइल, फेन्सी स्टलहरुबाट बढि कारोबार भएको उनले बताए। महोत्सवमा करिब एक लाख दर्शनले टिकट काटेर मेला अवलोकन गरेको आयोजकले जनाएको छ।
स्टलमा राखिएका एउटा होटलले दैनिक एक लाख भन्दा बढिको कारोबार गरेको व्यवसायीहरुले बताएका छन्। महोत्सव स्थलभित्र यस्ता १० भन्दा बढि होटल थिए।
महोत्सवमा दैनिक उपभोग्य सामान, सुचना प्रविधि, अटोमोबाइल, इलेक्ट्रोनिक सामग्री, हस्तकला तथा छालाका सामानहरु विशेष विक्रि भएको व्यापारीहरुको भनाई छ। जडिबुटी तथा वनपैदावरको प्रदर्शनी, वन्यजन्तु संरक्षणका डकुमेन्ट्री प्रदर्शनी, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, लगायत जिल्ल्ााको पहिचान दिने बस्तुहरुको खरिद विक्रि समेत गरिएका थिए।
महोत्सवमा जिल्लामा उत्पादन भएका तरकारी वाली, खाद्यन्न वाली र नगदे तथा मसलावाली प्रर्दशनमा रहेका थिए। महोत्सव स्थलभित्र स्थानीय गुन्दुक ढिडो देखि केराको मःमः चिप्स, बुंगाको अचार, संगुरको मासु लगायतका खानेकुराका परिकार मुख्य आकर्षणको केन्द्र बनेको थियो।
'धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार' भन्ने नारा सहित सम्पन्न मेलाको आइतबार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले समापन गरेका हुन्।

धादिङ महोत्सवमा पन्ध्र करोडको कारोबार Reviewed by a on 11:05 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.