Top Ad unit 728 × 90

a
Ad Inside Post

तीन दलको बैठक विना निष्कर्ष टुंगियो

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेकाे बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरू। तस्बिर: दिपेश श्रेष्ठ
काठमाडौं–संसदको जारी गतिरोध अन्त्य, स्थानीय निर्वाचनको मिति घोषणा तथा समसामयिक विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष सकिएको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरु आफ्नो अडानबाट पछि नहटेपछि कुनै निष्कर्ष निस्किन नसकेको हो।
बैठकमा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको थियो। एमालेले संशोधन प्रस्ताव फिर्ता लिए अहिले देखिएको गतिरोध अन्त्य हुने जनाएको थियो।
बैठकपछि एमाले अध्यक्ष केपी ओली आफूहरुले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको जानकारी दिए। ‘हामीले संशोधन प्रस्ताव फिर्ता दिन आग्रह गर्यौं,’ उनले भने, ‘तर सरकार पक्षले कुनै जवाफ पनि दिएन र कुनै विकल्प पनि प्रस्तुत गर्न सकेन।’ सरकारले संविधान संशोधन प्रस्ताव संसदमा टेबल गरे एमालेको रणनीति के हुन्छ? भन्ने संचारकर्मीको जिज्ञासामा ओलीले एमालेसँग कुनै रणनीति भएको प्रतिक्रिया दिए। उनले सरकारले जबर्जस्ती गरे त्यँही निर्णय हुने बताए।
कांग्रेस नेता रामचन्द्र पौडेलले कुनै विषयमा ठोस सहमति नभएको बताए। उनले कुनै विषयमा सहमति नभएपनि सहमतिकालागि निरन्तर संवाद गर्दै जाने सहमति भएको बताए।
दलहरुबीच सहमति जुट्न नसक्दा संसदमा दर्ता भएको संशोधन प्रस्ताव अगाडि बढ्न सकेको छैन भने अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्तावसमेत अलपत्र परेको छ।

तीन दलको बैठक विना निष्कर्ष टुंगियो Reviewed by a on 11:00 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.