Top Ad unit 728 × 90

a
Ad Inside Post

स्वस्थ रहन ब्रेकफास्ट आवश्यक, मोटाइन्छ भन्ने भ्रम मात्र

ब्रेकफास्ट अर्थात् बिहानीको खाजा मानिसका लागि महत्वपूर्ण मानिन्छ। सामान्यतया ब्रेकफास्टबाट नै दिनको सुरुवात हुन्छ। बिहानै उठ्दा बेलुकाको खानले छोडिसकेको हुन्छ। भोक लागिरहेको हुन्छ। तब, मानिसले हैसियतअनुसारका खानेकुरा ब्रेकफास्टका रुपमा बिहानै खाने गर्छन्। यसले शरीरमा मेटाबोलिजमलाई सशक्त बनाउँछ।
तर, केही वैज्ञानिकहरु भने ब्रेकफास्टबाट हुने फाइदा केबल मिथ्या भएको दाबी गर्छन्। त्यसो भए ब्रेकफास्ट आजैदेखि त्यागिदिने हो त? अवश्य होइन। यो त व्यक्तिको आवश्यकता र स्वास्थ्य अवस्थामा भर पर्छ। फेरि सामान्यतः लन्च तयारी गर्न समय लाग्ने हुनाले भोको पटेले कतिबेर लन्च कुरेर बस्ने?
ब्रेकफास्ट लिनु उपयुक्त हुन्न भन्ने तर्क राख्नेहरु बिहानीको खाजाले तौल बढाउने जिकिर गर्छन् र मोटा व्यक्तिलाई ब्रेकफास्ट नलिन सुझाब दिन्छन्। शरीरमा क्यालोरी बढ्ने भन्दै मोटा र बढी तौल भएका मानिसले ब्रेकफास्ट खान छोडिदिएको पनि विभिन्न अध्ययनहरुले देखाएका छन्। तर, स्वास्थ्यका लागि यो एउटा खतरनाक निर्णय हुन सक्छ।
बेलायतको मोटोपना नियामक संस्थाले ब्रेकफास्ट एउटा स्वस्थ जीवनशैलीको महत्वपूर्ण अंश बताए पनि ब्रेकफास्टले सन्तुलित तौल कायम राख्छ भन्ने विषयमा प्रष्ट पारेको छैन। ब्रेकफास्टले मानिस मोटाउँछ भने पनि र मोटो मानिसलाई हानी गर्नसक्छ भने पनि संसारभरि नै ब्रेकफास्ट लिनेहरु भने घटेका छैनन्।
परीक्षणमा ब्रेकफास्ट
केही क्लिनिकल परीक्षणहरुको सल्लाहमा मानिसले खाने बानीमा परिवर्तन ल्याए पनि कुनै महिलाको कम्मरको आकारमा परिवर्तन ल्याएको छैन। अर्थात् ब्रेकफास्ट लिनु हुँदैन भन्ने विज्ञहरुले सुझाव दिँदैमा खाना घटाएर कसैको कम्मर लच्किएको छैन। न त उनीहरुको सुझावकै आधारमा कोही ख्याउटे मानिस पहलमान हुन सकेका छन्। शारीरिक संरचनाले पनि स्वास्थमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक अध्ययन अनुसार तीन सय केजीभन्दा बढी तौल भएका मानिसलाई चार महिना ब्रेकफास्ट नखान सल्लाह दिइएको थियो। ‘तर पनि तौल घटबढमा कुनै प्रभाव परेन,’ अमेरिकाको युनिभर्सिटी अफ अलाबामाका प्राध्यापक डेभिड एलिसनले भने।
उनका अनुसार ब्रेकफास्ट छोड्ने जति मानिस छन् उनीहरु तौल घटाउनका लागि मात्र यस्तो गरिरहेका छन्। तै पनि तौल घटेको छैन। बरु कुनै बेला ब्रेकफास्ट छोडेर पुनः खान सुरु गरेका मानिसमा मोटोपनाको समस्या बढेको थियो। त्यसो भए चिकित्सकहरुको सल्लाह गलत थियो त?
प्राध्यापक एलिसनको विचारमा ‘तौल नियन्त्रणका लागि कसैले ब्रेकफास्ट छोड्न सुझाव दिन्छ भने यो कुनै वैज्ञानिक सुझाव होइन। त्यो भ्रम मात्र हो।’
त्यस्तै डा. एलिसन टेडस्टोनका अनुसार ब्रेकफास्ट एउटा राम्रो र स्वस्थ पक्ष हो। उनी दाबी गर्दै भन्छन्, ‘ब्रेकफास्ट छोड्नेहरु झन् मोटा भएका छन्।’
बेलायतको पब्लिक हेल्थका पोषणविद समेत रहेकी डा टेडस्टोनका अनुसार ब्रेकफास्ट बिहानको सबैभन्दा उत्तम खाना हो। ब्रेकफास्ट छोड्नेहरुको लत स्नाक्समा जान सक्ने उनको भनाइ छ। ‘ब्रेक फास्ट एउटा स्वस्थ खाजा हो,’ उनी थप्छिन्।
स्वस्थ ब्रेकफास्ट
डा टेडस्टोन सुझाव दिन्छिन्, ‘बिहानीको खाजामा फाइबरलाई विशेष ध्यान दिनुपर्छ।’ बिहानको ब्रेकफास्टमा ढिँडो खानुपर्ने उनको सुझाब छ। ढिँडोको अतिरिक्त उच्च फाइबरयुक्त फलफूल, गेडागुडी, टोस्ट खानुपर्ने उनी बताउँछिन्।
युनिभर्सिटी अफ अक्सफोर्डका प्राध्यापक सुसन जिब पनि ब्रेकफास्टमा फाइबरयुक्त खानालाई नै जोड दिन्छन्। भन्छन्, ‘फलफूलको जुसभन्दा ब्रेकफास्टमा फलफूलका टुक्रा खाँदा अझै राम्रो हुन्छ, किनकि फलफूलमा ज्यादा फाइबर हुन्छ।’ ब्रेकफास्टलाई हलुका खानाका रुपमा लिएर स्वस्थ्य खानेकुरा खान विज्ञहरु सुझाउँछन्।
दिमागको इन्धन
ब्रेकफास्टले विद्यालयमा बालबालिकाको क्षमता र प्रस्तुतिमा सुधार आउने पनि विज्ञहरु बताउँछन्। युनिभर्सिटी अफ कारडिफले सन् २०१५ मा गरेको एक अध्ययनमा स्वस्थ ब्रेकफास्ट र शैक्षिक प्रस्तुतिबीच गहिरो सम्बन्ध हुने देखाएको थियो। तर, ब्रेकफास्ट र तौलबीच सम्बन्ध हुन्छ भन्नेहरुले उक्त अध्ययनको आलोचना गरेका थिए।
‘बालबालिकालाई राम्रोे बे्रकफास्ट उपलब्ध गराउन नसक्ने अभिभावकको आर्थिक अवस्था कमजोर भएको पुष्टि हुन्छ। उनीहरुका बालबालिकाले स्कुलमा राम्रोसँग पढ्न सक्दैनन्,’ प्राध्यापक डेभिड रोगर्स भन्छन्।
(बिबिसीको सहयोगमा)

स्वस्थ रहन ब्रेकफास्ट आवश्यक, मोटाइन्छ भन्ने भ्रम मात्र Reviewed by a on 4:39 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.