Top Ad unit 728 × 90

a
Ad Inside Post

श्रीमती अफिसबाट छिट्टै घर आइन्, श्रीमानले चलाए गोली

अमेरिकामा एक पतिले आफ्नी पत्नीलाई चोर ठानेर गोली हानी हत्या गरेका छन् । नर्थ क्यारोलाइनाको गोल्डबोरोमा बस्ने ४९ वर्षीय व्यक्तिले आफ्नी ४८ वर्षीया पत्नीलाई गोली हानेका हुन् । 


जेनी विलियमको लाश प्रहरीले घरको मुख्य प्रवेशद्वारनजिकै भेटियो । उनको घाँटीमा गोली लागेको थियो । 

घटना हुनुअघि श्रीमान् बिली विलियम घरमा सुतिरहेका थिए । उनीहरूका दुई बच्चा सुतिरहेका थिए । श्रीमती जेनी 
नाइट शिफ्टमा काम गर्थिन् । बेलुका ६ बजे घरबाट निस्केर बिहान ८ बजे उनी घर फर्किन्थिन् । 

घटना भएको दिन जेनी घरबाट छिट्टो आइन् । उनले आफूसँग भएको साँचोले गेट खोलिन् । छोरोले गेट खोलेको आवाज सुनेपछि पितालाई उठाए । 

अनि बिलीले चोर आयो भन्ठानेर तत्कालै दराजबाट शटगन निकाले । श्रीमती गेटमा छिन् भन्ने उनले थाहै पाएनन् । गेटमा अलिक अँध्यारो भएकाले उनले प्रस्ट देखेनन् । 

चोर भन्ठानेर उनले गोली चलाए अनि जेनीको गर्दनमा लाग्यो । श्रीमती भन्ने थाहा पाएपछि पो उनको होश उड्यो । 
प्रहरीले बिलीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 
श्रीमती अफिसबाट छिट्टै घर आइन्, श्रीमानले चलाए गोली Reviewed by a on 8:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.