Top Ad unit 728 × 90

a
Ad Inside Post

१८.९ इन्चको यौनाङ्ग भएका व्यक्ति भन्छन्, ‘यसले मलाई असक्षम बनायो’

संसारको सबैभन्दा लामो यौनाङ्ग भएका व्यक्तिले आफ्नो यौनाङ्गकै कारण काम गर्न नसकेको बताएका छन् ।
रोबर्टो इस्क्विभेल क्याब्रेराका अनुसार उनको १८.९ इन्चको यौनाङ्गले उनलाई राज्यबाट पाइने सुविधामाथि भर पर्न बाध्य बनाएको छ ।
यद्यपी, मेक्सिकोको साल्टिलोका ५४ वर्षीय उनले यौनाङ्गको आकार घटाउन अस्विकार गरेका छन् ।
सन् २०१५ मा प्रमाणको रुपमा आफ्नो यौनाङ्ग देखाएपछि उनी संसारभरी समाचारको हेडलाइन बन्न सफल भएका थिए ।
उनको आधा मिटरको यौनाङ्गले पहिलाका रेकर्डलाई तोडेको छ । उनीभन्दा पहिले यो रेकर्ड अमेरिकी नायक जोनाह फाल्कोनले राखेका थिए । उनको यौनाङ्ग साधारण रुपमा ९.५ इन्चको रहेको र उत्तेजनाका बेला १३.५ इन्चको हुने गरेको रेकर्डमा उल्लेख छ ।
बारक्रोफ टेलिभिजनसँग कुराकानी गर्दै रोबर्टले भने, ‘म चर्चित छु किनभने मेरो संसारको सबैभन्दा लामो यौनाङ्ग छ ।’
‘म मेरो यौनाङ्गका कारण निकै खुसी छु । मलाई थाहा छ मेरो जस्तो यौनाङ्ग संसारभरी अरु कसैको छैन । म यसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन चाहन्थें तर दुर्भाग्यवश, गिनिज बुकमा यसका लागि वर्ग छुट्याइएको छैन ।’
आफूले यसमा गर्व गर्ने भएपनि उनलाई स्थानीय स्वास्थ्यकर्मीले भने यौनाङ्ग छोट्याउने शल्यक्रिया गर्न सुझाउने गरेका छन् ।
डाक्टर जिसस डेभिड सालाजार गोन्जालेजले भने, ‘हामीले मिस्टर रोबर्टोलाई अन्य पुरुषजस्तै साधारण यौनाङ्ग हुनेगरी शल्यक्रिया गर्न सुझाउँछौं ता कि उनलाई बच्चा जन्माउनका लागि शारिरिक सम्बन्ध राख्न गाह्रो नहोस् ।’
‘तर उनी मान्दैनन् । उनी आफ्नो यौनाङ्ग अरुकोभन्दा ठूलो भएकोमा निकै खुसी छन् ।’
ल्याटिन संस्कृति अनुसार जसको यौनाङ्ग ठूलो छ, उसमा धेरै पुरुषत्व भएको मानिन्छ । यसले नै उनलाई अरुभन्दा विशेष बनाएको छ ।’
उनको यौनाङ्ग किन यति लामो भयो भन्ने विषयमा डाक्टरहरुले अनुसन्धान गरिरहेको बताए । डाक्टरले उनी किशोरावस्थादेखि नै आफ्नो यौनाङ्गलाई तौलसहित तन्काउने गरेको बताए ।
डा. जिसस डेभिड सालाजार गोन्जालेज भन्छन्, ‘ उनी यौनाङ्गको लम्बाईमाथि निकै सरोकार राख्दथे ।’
‘उनले यो प्रक्रिया किशोरावस्थादेखि नै सुरु गरे । यौनाङ् वरिपरि ब्यान्ड लगाएर केही गह्रुङ्गो सामानको मद्दतले उनले आफ्नो यौनाङ्ग तन्काउने गर्दथे ।’
उनको निकै लामो यौनाङ्गले विभिन्न स्वास्थ्य समस्या निम्तिएको बताइएको छ । उनको पिसाब नलीमा संक्रमण छ । निकै लामो भएकाले उनको सबै पिसाब बाहिर नआउने भएकाले यस्तो भएको डाक्टरले बताएका छन् ।
उनको सक्रिय यौन जीवन पनि ध्वस्त भएको छ ।
उनले भने, ‘कसैले मलाई कण्डम लगाउनुहुन्छ भनेर सोध्छन् । मेरो उत्तरः म सक्दिनँ । मैलै यौन सम्बन्ध स्थापित गर्न सक्दिनँ किनभने यो निकै मोटो छ ।’
अमेरिकामा बस्दा रोबोर्टोले दुई पटक यौन सम्बन्ध स्थापित गर्न खोजेको बताए । पहिलो महिलाले उनको यौनाङ्ग देख्ने बित्तिकै अस्विकार गरेको र दोस्रोलाई निकै दुखेकाले बिचमा नै रोक्नुपरेको उनले बताए ।
भन्छन् उनको यौनाङ्गले उनलाई अशक्त बनायो जसले उनलाई ‘फुड बैंक’ मा भर गर्न बाध्य बनायो ।
उनी भन्छन्, ‘कुनै कम्पनीले दिएको युनिफर्म म लगाउन सक्दिनँ र म घुँडा टेक्न पनि सक्दिनँ ।’
‘ म चाँडै दौडन पनि सक्दिनँ । कम्पनीले मलाई नरम्रो भन्छन् । काम खोज्न जाँदा फोन गर्छु भन्छन् तर कहिले गरेनन् ।’
रो्बर्टोका अनुसार सुरुमा अस्विकार गरेपनि उनको सरकारले अहिले उनलाई असक्षमको कोटामा राखेको छ ।
उनी भन्छन्, ‘प्रत्येक चार महिनामा उनीहरुले मलाई आर्थिक सहयोग गर्दछन् जुन पर्याप्त छैन ।’
‘ म प्रत्येक दिन १२ बजे आफ्नो खाना लिन फुड बैंक जाने गर्छु ।’
वयस्क मनोरञ्जन कम्पनीले यौनाङ्ग घटाउन सहयोग गर्ने बताएपनि उनको उद्देश्य सही महिलाको खोजी गर्ने बताए । उनी सम्भवतः आफूलाई पोर्न स्टारको रुपमा स्थापित गर्ने बताउँछन् ।
उनी थप्छन्, ‘म आफ्नो यौनाङ्गका कारण खुसी छु । म पुनः अमेरिका जान चाहन्छु र आफ्नो जीवन आनन्दले बिताउन चाहन्छु ।’
‘म यसमा दुःखी छैन । मलाई थाहा छ, अमेरिकामा कयौं महिला छन् । कोही न कोही मेरो लायक होलान् ।’
‘ म पोर्न स्टार बन्न चाहन्छु । यसो गरे मैले सायद मनग्गे पैसा कमाउँछु ।’
१८.९ इन्चको यौनाङ्ग भएका व्यक्ति भन्छन्, ‘यसले मलाई असक्षम बनायो’ Reviewed by a on 3:52 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.