५ वर्षमा पनि बनेनन् इलामका ३ पुल, स्थानीयलाई सास्ती
पाँच वर्षअघिबाट निर्माण थालिएका इलामका ३ वटा पक्की पुल समयमा बन्न नसक्दा ५० हजार भन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित बनेका छन्। इरौटार र झापाको बाहुनडाँगी जोडने सुकेनिन्दा पुल, दानाबारीमा निर्माणाधिन गरुवा पुल र सुखानी पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन। २ वर्षमा काम सक्ने गरी आर्थिक वर्ष २०६७\६८ मा थालिएको सुकेनिन्दा खोलामा पिलर गाडेर स्ल्याव हाल्ने काम मात्र सम्पन्न भएको छ। दुई तर्फ एप्रोच रोड र तटबन्धको कार्य बाँकी छ। २ करोड ६ लाखमा ठेक्का सम्झौता गरी पुल निर्माण कार्य सुरु गरेको सुरुचु थोदुङ जेभीले डिभिजन सडक कार्यालयसँगको मिलेमतोमा निर्माण कार्यमा ढिलाई गरेको स्थानीयवासीको आरोप छ। मेची राजमार्गको वैकल्पिक मार्ग दानाबारी–चिसापानी –राजदुवाली सडक खण्डमा निर्माणाधिन गरुवा पुलले पनि गति लिन सकेको छैन। १ करोड ८६ लाखको लागतमा २०६९ सालबाट निर्माण थालिएको ५० मिटर लामो गरुवा पुलको स्ल्याव हाल्ने काम समेत पुरा भएको छैन।
सो पुल डेढ वर्षमा सक्नेगरी वाइपी देव एण्ड सायर कम्पनीले ठेक्का पाएको थियो। ठेकेदार कम्पनीले पुल निर्माणमा खासै चासो नराखेका कारण निमार्ण कार्यमा ढिलाई भएको स्थानीय खड्ग दुलाल बताउँछन्। सोही समयमा ठेक्का सम्झौता गरी निर्माण सुरु भएको इलामको दानाबारी र झापाको खुदुनावारी जोडने २५ मिटर लामो सुखानी पुलको अवस्था पनि उस्तै छ। १ करोड ४३ लाखको लागतमा पुल निर्माणको जिम्मा लिएको स्काई अजम्बर शिवराम कम्पनीले अझै काम सकेको छैन्। सम्झौता अवधिमा पुल बन्न नसक्दा गाँउका मानिसहरुले बर्खाको समयमा बजार सम्म पुग्न जोखिम मोलेर खोला तनुपर्ने अवस्था छ। यस क्षेत्रका कृषि उत्पादनले बजार पाउन सकेका छैनन्। गाँउमा कोही बिरामी भयो भने अस्पताल पु¥याउन खोलमा हेलिनु बाहेको विकल्प नरहेको दानाबारीका पुर्व गाविस सचिव बुद्धिमान कार्की बताउँछन्।
गरुवा खोलाले वर्षेनी विद्यालय जाने विद्यार्थी र बजार भर्न आउने स्थानीयलाई बगाउने गरेको छ। ठेकेदार कम्पनीले कछुवा गतिमा काम गर्दा बर्खाको समयमा स्थानीय क्याम्पस र विद्यालयको पढाई प्रभावित हुन गरेको गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ खनाल बताउँछन्। गरुवा पुल र सुखानी पुलको थपिएको म्यादमा समेत निर्माण कार्य पुरा हुन सकेन। अलपत्र अवस्थाका पुलको निर्माणको म्याद थप भएको २ वर्ष बित्न लाग्दा समेत निर्माणको कुनै चहल–पहल देखिदैँन। सडक डिभिजन कार्यालय इलामका डिभिजन इन्जिनियर शिवलाल दाहाल भन्छन्,‘निर्माणाधिन ३ वटै पुलको ठेकेदार कम्पनीलाई ताकेता गर्ने, पत्रिका सुचना प्रकाशित गर्ने काम समेत भएका छन्। अझै अटेर गरेमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ।

Reviewed by a
on
3:55 AM
Rating:
Reviewed by a
on
3:55 AM
Rating:

No comments: