बेपत्ता छानविन आयोगलाई सहयोग गर्न ढकालको आग्रह
चितवन, २६ फागुन । शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगलाई सहयोग गरेमात्रै देशमा दिगोरुपमा शान्ति स्थापना हुने बताउनुभएको छ ।
स्थानीय शान्ति समिति चितवनले आज भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले आयोगले प्रभावकारीरुपमा काम गर्नसके मात्रै सबै पक्षको हित हुने बताउनुभयो । मन्त्री ढकालले स्थानीय शान्ति समितिलाई सशक्तरुपमा आयोगलाई सहयोग पु¥याउन आग्रह गर्दै शान्ति कायमका लागि सबै दल सकारात्मक हुनुपर्ने बताउनुभयो ।
स्थानीय निकायको अभावमा जनताले राम्रो सेवा पाउन नसकेको भन्दै उहाँले गाउँगाउँका स्थानीय शान्ति समितिहरूले जनतालाई सहयोग पु¥याउनुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति निलमणि पाठक, राप्रपा नेपालका प्रेम गैह्रे, राप्रपाका रामहरि कँडेललगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
No comments: