Top Ad unit 728 × 90

a
Ad Inside Post

उच्च माविमा प्राविधिकको पढाइ लथालिंग

काठमाडौं, २७ फागुन-
बर्दिया भुरी गाउँको त्रिभुवन उच्च माविले यस वर्ष कक्षा ११ मा पशुविज्ञान (एनिमल साइन्स) सञ्चालनको अनुमति पायो । उच्च माध्यमिक शिक्षा परिषद्मा अनुमति लिन पेस गरेको कागजमा प्रयोगात्मक कक्षाका लागि प्रयोगशाला रहेको उल्लेख थियो । सोही आधारमा परिषद्ले अनुमति पनि दियो ।

तर, परिषदका उपाध्यक्ष चैतन्य शर्मासहितको टोली अनुमगनमा जाँदा कागजमा लेखेको पूर्वाधार भेटाउन मुस्किल पर्यो । ‘प्राक्टिकल गराउन गोठ, खोर बनाइएको थियो तर कुखुरा, बाख्रा केही पनि थिएन,’ उनले भने, ‘विद्यार्थीहरूले प्रयोगात्मक कक्षा लिनै पाएका छैनन् । सैद्धान्तिक कुरा पनि योग्य शिक्षकले पढाएको पाइएन ।’

कक्षा ११ मा पढाइ हुने भौतिक, रसायन र जीव विज्ञानको छुट्टाछुट्टै ल्याब हुनुपर्छ । ‘ल्याब बनाउने अनुदान लिए पनि सामान केही थिएन,’ शर्माले भने ।

बुटवलको नवीन औद्योगिक कदरबहादुर–रीता उच्च माध्यमिक विद्यालयले परिषद्बाट यसपालि कक्षा ११ मा सिभिल इन्जिनियरिङ अध्ययनको अनुमति पाएको थियो । तर, सरकारले उपलब्ध गराएको अनुदानबाट प्रयोगशालामा आवश्यक पर्ने सामान खरिद गरेर गोदाममा थन्क्याएको अवस्थामा पाइएको शर्माले बताए । विद्यालयले ३ वर्षअघि नै उपकरण जडान गरेर विद्यार्थीलाई प्रयोगात्मक कक्षामा सहभागी गराउनुपर्थ्यो । गतवर्ष एसएलसी दिएका विद्यार्थीलाई समेत प्रयोगात्मक कक्षामा सहभागी नगराएको परिषदको अनुमगन टोलीले फेला पारेको हो ।

३ वर्षअघिदेखि ९९ विद्यालयमा प्राविधिक पढाइ सुरु भएको हो । विद्यालय तहमा प्राविधिक विषय पढाउँदा प्रयोगात्मक कक्षामा आवश्यक पर्ने उपकरण खरिद गर्न शिक्षा विभागले न्यूनतम २० लाखदेखि ५० लाख रुपैयाँसम्म अनुदान समेत दिएको छ । ल्याब व्यवस्थापनका लागि सिभिल इन्जिनियरिङलाई ५० लाख, कम्प्युटर इन्जिनियरिङलाई ३१ लाख, बाली र पशु विज्ञानलाई २६ लाख र इलेक्ट्रिकल इन्जिनियरिङ पढाउने विद्यालयलाई २० लाखको दरले अनुदान दिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।


उच्च माविमा प्राविधिकको पढाइ लथालिंग Reviewed by Unknown on 7:23 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.