आगामी दुई महिनाभित्र जनतावाट ८८ अर्व उठाउँदै सरकार
आगामी दुई महिनाभित्र सरकारले जनताबाट ८८ अर्ब रुपैयाँ उठाउने भएको छ । चालू आर्थिक वर्षको बजेट भाषणमा उल्लेख भए अनुसार सरकारले सो बराबरको आन्तरिक ऋण उठाउन लागेको नेपाल राष्ट्र बैकले जनाएको छ । सरकारकाले ट्रेजरी बिलमार्फत २० अर्ब ५० करोड, विकास ऋणपत्र मार्फत ६२ अर्ब, ५ अर्बको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र, गरी ८८ अर्ब रुपैयाँ रुपैयाँ उठाउने भएको छ । नागरिक बचतपत्रमा ८ प्रतिशत र बैदेशिक रोजगार बचतपत्रमा ९ प्रतिशत व्याज दिने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल र विकास ऋणपत्रको व्याजदर भने बोलक बोलमार्फत निर्धारण गरिने छ ।
सरकारको निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजानिक गरेको छ । फागुन २२ गतेदेखि सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको हो । अधिक तरलताका कारण बैंकहरुले अत्यन्तै न्यून व्याजदर दिइरहेका बेला सरकारले आकर्षक व्याज दिनेगरी आन्तरिक ऋण उठाउने भएको हो । यसरी उठाएको रकम सरकारले विकास निर्माणमा खर्च गर्ने बताइएको छ ।
राष्ट्र बैंकले उठाउने २० अर्ब ५० करोड रुपैयाँमध्ये ३ सय ६२ दिने, १ सय ८० दिने र ९१ दिने ट्रेजरी बिलमार्फत उठाउने जनाएको छ । फागुन २० गतेदेखि जेठ १० गतेसम्म ट्रेजरी बिल निष्काशन गर्नेछ । त्यसैगरी, फागुन ३० गतेदेखि विकास ऋणपत्रमार्फत ६२ अर्ब रुपैयाँ उठाउने प्रक्रिया सुरु हुन्छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्रको भुक्तानी अवधि ८ वर्षदेखि १५ वर्षसम्मको छ ।
आगामी दुई महिनाभित्र जनतावाट ८८ अर्व उठाउँदै सरकार
Reviewed by Unknown
on
10:47 PM
Rating:
No comments: