बच्चा जुम्ल्याहा तर पिता भने फरक फरक
काठमाडौं, २७ फागुन ।भियतनामा जन्मिएका दुई जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको तथ्य बाहिर आएको छ । स्थानीय जेनेटिक एसोसिएशनले यो तथ्य सार्वजनिक गरेको बिबिसिले जनाएको छ ।
जब बच्चाका परिवार सदस्यले दुई फरक फरक अनुहारका बच्चा जन्मिएपछि गरेको उनीहरुको डीएनए जाँचको रिपोर्ट अनुसार दुई बच्चाको पिता फरक फरक रहेको खुलेको बिबिसिले उल्लेख गरेको छ ।
यस्तो किसिमको घटनालाई ‘हेट्रोपेटरनल सुपरफेक्युडेशन’ भनिन्छ । यस्तो घटना त्यत्तिखेर हुन्छ जब कुनै महिलाले केही समयको अन्तरालमा दुई पुरुषबाट गर्भधारण गरेमा हुने गर्दछ । हनाईको भियतनाम जेनेटिक एसोसिएशनका अध्यक्ष डिन्ह लुअन्गले यो परिणाम सतप्रतिशत सही रहेको र एक दुर्लभ घटना भएको बताएका छन् ।
उनीहरुले जुम्ल्याहा बच्चाका मातापिताको पहिचान गोप्य राख्नका लागि पनि यसबारे थप कुरा खुलाएका छैनन् । तर, स्थानीय सञ्चार माध्यममा प्रकाशित खबर अनुसार बच्चा जन्मिएको ठाउँ, नाम र समय गलत छ ।
No comments: