Top Ad unit 728 × 90

a
Ad Inside Post

वीपीको निधन भएको ७ वर्षपछि राजनीतिमा कसरी आए शशांक ?

6बुधबार, २६ फागुन
काठमाडौं । नेपाली काँग्रेसको राजनीतिमा निकै छोटो यात्रामा नै वीपीपुत्र शशांक कोइराला पार्टीको महामन्त्री बनेका छन् ।
काँग्रेसमा उनीभन्दा निकै अघि देखि नै राजनीतिमा सक्रिय रुपमा लागेकाहरुलाई पछि पार्दै कोइराला कार्यकारी महामन्त्रीको पदमा पुगेका हुन् ।
आँखा रोग विशेषज्ञ डा.कोइरालामाथि अब काँग्रेसको दृष्टिकोणको चिरफार गर्ने जिम्मेवारी आएको छ ।
नेपाली काँग्रेसको महामन्त्री पदमा निर्वाचित भएका शशांक कोइराला काँग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो चननिर्वाचित सरकारका प्रधानमन्त्री बनेका वीपी कोइरालाका कान्छा छोरा हुन् ।
लामो समय चिकित्सा पेशामा लागेका कोइराला आँखा रोग विशेषज्ञ समेत हुन् । २०१५ सालमा विराटनगरमा जन्मिएका कोइराला २०४६ सालदेखिमात्रै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।
उनले २०४६ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट सहभागी भएका कोइराला अघिल्लो पटक २०६७ मा भएको काँग्रेसको १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
उनले अहिले महामन्त्री पदमा भने सोही महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका गगन थापा र दोस्रो भएका अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए । कोइराला परिवारसँगै उनले २०१७ देखि २०३६ सालसम्म गरी करिब १९ वर्ष निर्भासित जीवन बिताएका छन् ।
उनले नवलपरासीबाट २०६४ र २०७० सालको दुईवटै संविधानसभाको निर्वाचनमा जित हात पारेका थिए । पछिल्लो समयमा १९ वर्ष काँग्रेस पार्टीको नेतृत्व गरेको कोइराला परिवारबाट पदाधिकारीमा निर्वाचित शशांक एकमात्र पारिवारिक प्रतिनिधि हुन् ।
काँग्रेसमा अहिलेपनि नोनापुत्र शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय राजनीतिमा सक्रिय छन् । महान्त्रीमा निर्वाचित भएका कोइराला छोटो समयमा नै काँग्रेस राजनीतिको केन्द्रमा पुग्नुका पछि भने उनी वीपीपुत्र हुनु नै मुख्य कारण हो ।
तर उनले राजनीतिमा प्रवेश गरेपछि पछि फर्किएर हेर्नुपरेको भने छैन । उनले वीपीसँगै भारतमा निर्वासित भएको समयमा भारतमै आइएस्सी र एमबीबीएस गरेका हुन् ।
संविधानसभाबाट संविधान बनेको संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विरोधीका रुपमा परिचित छन् ।


वीपीको निधन भएको ७ वर्षपछि राजनीतिमा कसरी आए शशांक ? Reviewed by Unknown on 10:38 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.