Top Ad unit 728 × 90

a
Ad Inside Post

बाबुराममाथि खनिए माओवादी नेता

काठमाडौं: माओवादी घटक दलहरू जुट्नुपर्ने बेलामा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेकामा उनका पूर्वसहकर्मी नेताहरूले आलोचना गरेका छन्। माओवादी पार्टीमात्रै त्याग नगरी माक्र्सवाद त्यागेको भन्दै सशस्त्र जनयुद्धका बेला आफन्त मारिएका जनलाई जबाफ दिन उनीहरूले भट्टराईमाथि दबाब दिएका छन्।
 
उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका एमाओवादी सचिव टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भट्टराईको पछिल्लो राजनीतिक गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन्।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मतभेद हुँदा रायमाझी भट्टराईसँग नजिक थिए भने सशस्त्र जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालमा भट्टराई अध्यक्ष हुँदा भुसाल महासचिव थिइन्। त्यसैगरी सशस्त्र संघर्ष हुँदा माओवादीबाट बाहिरिनुअघि थापा भट्टराई नजिक थिए। नयाँ शक्ति नेपालको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले भने भट्टराईको बचाउ गरेका थिए।
 
पत्रकार नेत्र पन्थीद्वारा लिखित 'प्रचण्ड बाबुरामको डिभोर्स' नामक पुस्तक विमोचनमा नेताहरूले भट्टराईको आलोचना गरेका हुन्।'तीन दिनअघि माओवादीलाई एकताबद्ध बनाएर समृद्ध नेपाल निर्माण गर्ने दस्ताबेज लेख्न हिँडेका थिए। 
 
तीन दिनपछि बाबुरामले पार्टी छोडेर हिँडे', रायमाझीले भने । भट्टराईलाई कम्युनिस्ट पार्टीको सदस्यता दिने राजु नेपालीसमेत सहभागी रहेको कार्यक्रममा रायमाझीले भट्टराईप्रति लक्षित गर्दै भने, 'माग्ने होइन, लड्ने हो। शेरबहादुर देउवा पार्टी छोडेर गए, फर्केर आएर अहिले सभापति भइसके। वामदेव गौतम एमाले छोडेर हिँडे, फर्केर आई एमालेबाट उपप्रधान तथा गृहमन्त्री भइसके। अहिले माओवादी घटक दलहरूमा पनि एकता महसुस भएको छ।'
 
भुसालले भनिन्, 'बाबुरामजीले माओवादी आन्दोलन छोड्नुभएको हो । माक्र्सवादभन्दा विकसित विचार संसारमै छैन । बाबुरामजीले एकपक्षीय रूपमा तलाक लिनुभएको छ ।' एसएलसी परीक्षामा भट्टराईमात्रै नभएर थुप्रै विद्यार्थी प्रथम भए पनि उनीहरू भट्टराईको उचाइमा पुग्न नसकेको भुसालले बताइन्।
 
'बाबुरामजीलाई चिनाएको माओवादी आन्दोलनले हो । बाबुराम लोकतान्त्रिक गणतन्त्रभन्दा अगाडि जानु हुन्न भनेर प्रचण्डले भन्नुहुन्थ्यो हामी पत्याउँदैनथ्यौं, तर अहिले पुष्टि भएको छ', उनले भनिन्।
 
पौडेलले आफूहरूले माक्र्सवाद नछोडेको दाबी गर्दै भने, 'हामी सगरमाथा वा नेपाली सीमा छोडेर कतै गएका छैनौं । माक्र्सवाद कुरान र बाइबल होइन। मार्क्सवाद विज्ञान र दर्शन हो ।' एकअर्कोलाई आलोचना नगर्न र रचनात्मक बन्न पनि पौडेलले आग्रह गरे। 
 
भट्टराई नेतृत्वको नयाँ शक्तिप्रति घृणा व्यक्त गर्दै थापाले भने, 'बाबुरामसँग छोडेर रछ्यानमा फाल्न खोजिएका पात्र हौं तर हामी अहिले बाबुरामसँग छैनौं। बाबुरामले माक्र्सवाद, लेलिनवाद र माओवादलाई तलाक गर्नुभयो।'
 


बाबुराममाथि खनिए माओवादी नेता Reviewed by Unknown on 6:42 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.