Top Ad unit 728 × 90

a
Ad Inside Post

केपी ओलीको कार्यशैली ठीक नभएको माधव नेपाल समूहको निष्कर्ष

uml
एमालेको माधव नेपाल समूहले पार्टी ठिक ढंगले अघि नबढेको निष्कर्ष निकाल्दै देशव्यापी बहस चलाउने भएको छ । मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा राजधानीमा दुई दिन चलेको कार्यशालाले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैली ठिक नभएको  निष्कर्ष निकाल्दै अब मुलुकभरका कार्यकार्ता समक्ष सन्देश प्रवाहित गर्दै पार्टीलाई सही  दिशामा ल्याउन अन्तरक्रियाको जरुरी ठानेको हो ।
तीन महिना भित्र सुरुमा सात प्रदेशमा  र त्यसपछि प्रत्येक जिल्ला जिल्लामा  कार्यक्रम आयोजना गरिने केन्द्रका अध्यक्ष समेत रहेका एमाले सचिव योगश भट्टराईले जानकारी दिए । संविधानको कार्यान्वयन र पार्टी शक्तिलाई एकताबद्ध बनाउनका लागि यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले राजधानीको कार्यशाला समापनका क्रममा बताए । 'यो कार्यक्रम सिंगो नेपालको रुपान्तरण, संधिवान कार्यान्वयन र पाटीर्एको शक्तिलाई अझ एकताबद्ध बनाउनकै लागि हो' भट्टराईले भने । उनले मदन भण्डारी अध्ययन केन्द्रलाई जिल्ला जिल्लामा विस्तार गर्ने पनि जानकारी थिए । एमालेमात्र अध्यक्ष केपी ओली समूहले मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गर्ने थलो बनाएको भन्दै नेपाल समुहले डेढ बर्ष अघि मदन भण्डारी अध्ययन केन्द्रको नाममा छुट्टै संस्था बनाएको थियो । त्यही संस्था मार्फत् अहिले नेपाल समूहका कार्यक्रम हुने गरेका छन् ।
दुई दिन चलेको भेलामा नेपाल समूह जिल्ला देखि केन्द्र सम्मका नेताहरु सहभागी थिए । तीन वटा कार्यपत्र पेश भएको भेलाका सहभागीहरुले पार्टी सञ्चालनको कार्यशैलीका कारण संविधानको कार्यान्वयन र आर्थिक समाजिक रुपान्तरणको दिशामा अघि बढ्न समस्या पर्ने सुझाव राखेका थिए ।
दुई दिने कार्यशालाको उद्घाटनमा मंगलबार अध्यक्ष ओलीप्रति निकै कडा टिप्पणी गरेका नेता नेपालले बुधबारको समापनमा भेलाले तरंग पैदा गरेको बताए । 'उद्घाटन समारोहमा बोलेका कुराले कतै कतै 'इलेक्टि्रक सक' -विद्युतीय तरंग) पैदा भएको छ' नेता नेपालले भने,'कुनै कुनै विरामीलाई उपचारका लागि 'इलेक्टि्रक सक' आवश्यक छ । राजनीतिमा पनि यस्तो आवश्यक पर्छ र राम्राे होस् भन्नका लागि नै     'इलेक्टि्रक सक' दिएको हो ।' उनले एमाले भन्दा भरपर्दो  शक्ति अरु नरहेकाले यसलाई मजबुत बनाएर लैजान जरुरी रहेको बताए । देशर्ला माया गर्ने सबै पार्टी र नेताहरु एकताबद्ध भएर जानुपर्ने उनले बताए । मंगलबार उद्घाटन समारोहमा नेता नेपालले पार्टीको असन्तुष्टीले विस्फोटको रुप लिन सक्ने चेतावनी दिएका थिए ।
आयोजक संस्थाका प्रमुख समेत रहेका नेता भ्टटराईले ओली समूहतफै इंगित गर्दै आफूहरुका कार्यक्रबाट उत्तेजित नहुन र अनावश्यक शक्ति प्रयोग नगर्न चेतावनी दिए । 'यस्ता कार्यक्रमबाट उत्तेजित नहुन आग्रह छ, बालुवाटार र सिंहदरवारमा प्राप्त पद कसैका स्थायी होइनन्' भट्टराईले भने,'बालुवाटार सिंहदरबारको शक्ति पार्टी काममा प्रयोग नहोस् ।' सिंगो पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेकाले पार्टी भित्र आफुहरुले  न्याय र समानता खोजिरहेको भट्टराईको टिप्पणी थियो । कार्यशैलीगत कमजोरी रहे पनि संविधानको कार्यान्वयन सहित यो सरकारको निरन्तरताको पक्षमा आफुहरु दृढताका साथ उभिने भट्टराईले बताए । 'गत बैशाख २२ गते सरकारबाट विदाई हुने क्षण आउने लगोको थियो, त्यो बेला बालुवाटारका अनुहारहरु हेर्न लायक थिए, पार्टीको स्थायी समितिको बैठक बस्यो त्यहा आन्तरिक मतभिन्नता छोडेर भए पनि सरकार बचाउनुपर्छ भन्नेमा हामी नै थियौ, निकटहरु त कहाँ थिए कहाँ' नेता भट्टराईले भने,'माधव नेपाल, जेएन खनाल, बामदेव गौतम लगायतका नेताहरु जसजसले जति सक्छौ सरकार जोगाउनुपर्न भनेर लागियो ।'
 दुई दिने भेलाले ६ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।   संविधानको कार्यान्वयन नेपालको लोकतान्त्रिक-गणतान्त्रिक भविष्यको लागि    पूर्वशर्त भएकाले  सबै नेपाली नागरिकहरुको एकताबद्ध प्रयत्नले मात्रै संविधानको कार्यान्वयनको सुनिश्चिता हुने भेलाले ठहर गरेको छ । सबै राजनीतिक पार्टीहरु  एकताबद्ध भएर यो संविधानलाई कार्यान्वयनमा राष्ट्रिय सहमति कायम गर्नेपर्ने भेलाको जोड छ । आन्दोलनका     कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्यासमाधा गर्न पनि भेलाले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
 नेपाली जनताको पहलबाट संविधान सभाले निमर्ाण गरेको संविधानलाई  विनासर्त सम्मान गर्न भारत सरकारको पनि ध्यानाकर्षण गराएको छ
-ekantipur
केपी ओलीको कार्यशैली ठीक नभएको माधव नेपाल समूहको निष्कर्ष Reviewed by a on 6:16 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.