जापान मा अध्ययन गर्ने कुरा पनि चुनौती पूर्ण
जापान होस् या अस्ट्रेलिया या अमेरिका जता भए पनि नेपाली बिद्यार्थी को अध्ययन गर्न जाने क्रम र लालचा बढ्दो छ/ धेरै बिद्यार्थी हरु यूरोप /अमेरिका या अस्ट्रेलिया लाइ नै आफ्नो पहिलो रोजाइ बनाउन चाहन्छन / ति देस मा सफल नभएका बिद्यार्थी हरु को झुकाब बल्ल जापान तिर गएको देखिन्छ / सबै देस मा बिद्यार्थी हरु को लागि आ- आफ्नै बिशेस प्रकार का समस्या र चुनौती हरु त हुन्छन नै /तर पनि मेरो अनुभव ले के देखाएको छ भने सबै देस मा राम्रो संग पढ्ने र २/४ बर्ष चाही पैसा भन्दा पनि पढाई लाइ प्राथमिकता दिएर अघि बढ्ने बिद्यार्थी हरु को लागी ति सबै देस मा अवसर हरु प्रसस्तै छन्/ बिडम्बना को कुरा के छ भने धेरै जसो नेपाली बिद्यार्थी हरु चाडो पैसा कमाउने/ सजिलो बाटो र उपाए को खोजि गर्ने/ गलत तरिका अपनाएर PR /ग्रीन कार्ड लिन लालायित हुने गरेका छन्/ पढाई भन्दा पैसा लाइ प्राथमिकता दिनाले PR या GREEN CARD भएर पनि सधै तल्लो स्तर को काम मै चित्त बुझाउनु पर्ने अवस्था मा धेरै नेपाली हरु रहेको पाइन्छ / नेपाल का सुन्दर भबिस्य हरु एक प्रकार ले बिदेस मा गएर तल्लो स्तर को मजदूरी र पेशा मा नै सिमित भएको देखेर मलाई अप्ठेरो पनि महसुस हुन्छ / नेपाल मा राम्रो अंक र स्तर मा S L C र PLUS 2 पास गरेका यी बिद्यार्थी प्राय जसो बिदेस मा गएर PR या GREEN कार्ड को चक्कर मा सामान्य प्राबिधिक /ब्यबसायिक लेवल को सिक्ष्या मा नै सिमित भएको मैले पाएको छु/ एसको कारण त धेरै छन् / तर आर्थिक कारण प्रमुख हो जसले गर्दा काम गर्दै पढ्दै गर्नु पर्ने बाध्यता ले गर्दा सम्भावित doctor , engineer या अन्य उच्च प्राबिधिक /ब्यबसायिक बन्ने भाई बहिनि हरु कुक, accountant / clerk या वेटर / child care जस्ता पेशा मा नै सिमित हुन्छन/ जे भए पनि बिदेस मा अध्ययन गर्ने कुरा हाम्रो जस्तो आर्थिक अवस्था कम्जोर भएका नेपाली को लागि अत्यन्तै कठिन र संघर्स पूर्ण नै हुन्छ /
यसै संदर्व मा जापान मा अध्ययन गर्ने कुरा पनि चुनौती पूर्ण नै छ/ अझ जापान त भाषा को कारण ले र अलिकति अपरिचित र बन्द प्रकार को समाज भएको ले चुनौती हरु बढी नै छन् जस्तो सामान्य बुझाई रहेको देखिन्छ / हुन पनि जापान मा त्यहाँ को समाज मा घुलमिल हुन र त्यहाँ को अवसर र चुनौती हरु लाइ बुझ्न बढी नै समय लाग्छा / तर जापान मा अध्ययन गरेर त्यहाँ का अवसर हरु लाइ हाशिल गर्न हामीले सोचे जस्तो कठीन पनि छैन / जापान मा जति पढे पनि गारो छ या PR पाउन या पढाई अनुसार को काम पाउन या त्यहि settle हुन गारो छ भन्ने आम विश्वास र धारणा रहेको देखिन्छ जुन एकदम नै गलत हो भन्ने मेरो बुझाई छ / अस्ट्रेलिया मा नेपाल मा अध्ययन गरेको कुरा को खासै महत्व हुन्न तर जापान मा नेपाल मा bachelor या मास्टर्स गरेको कुरा को केहि महत्व र मान्यता भएको देखिन्छ/ अस्ट्रेलिया मा पनि हाम्रो english को खासै महत्व र मान्यता हुन्न/ ielts पास नगरी हुन्न नै जुन कुरा धेरै बिद्यार्थी को लागि एकदम नै कठिन भएको मैले पाएको छु/ त्यो ielts को लागि चाहिने मेहनत ले त japanese भाषा पनि सजिलै पढ्न सकिन्छ भन्ने मेरो बुझाई छ/ जापान नेपाल मा जुनसुकै बिसय मा bachelor सम्म को अध्ययन गरेको मान्छे ले पनि 2 बर्ष राम्रो संग japanese भाषा पढेर पढ्न/लेख्न र बोल्न राम्रो संग सिक्यो भने जापान मा पनि work permit निकाल्न धेरै कठिन भएको जस्तो मलाइ लाग्दैन/
जापान मा मुख्य चाहिने भनेकै japanese भाषा पढ्ने र लेख्ने अनि बोल्ने स्किल हो/ त्यो हाशिल गर्न अलिकति मेहनत गर्दा पढ्ने लेख्ने उमेर का बिद्यार्थी भाई बहिनि को लागि गारो कुरा हो भन्ने मलाइ लाग्दैन / अनि जापान मा पनि एक पटक working visa भैं सके पछि त्यहाँ को permanent हुन गारो हुन्न नै / जापान को नियम अनुसार कानूनी रुप मा १० बर्ष बसेर त्यहाँ को कर तिरेको छ भने permanent status पाउन सकिन्छ / आखिर अन्य देस मा पनि पढेको समय र अरु सबै हिसाब गर्दा सामान्य तय ५/७ बर्ष त लग्छ नै / तेसैले मेरो सामान्य अनुसन्धान र अध्ययन को आधार मा भन्ने हो भने अस्ट्रेलिया मा भन्दा जापान मा सजिलो भएको मैले देखेको छु/ बुझाई र भोगाइ आ-आफ्नो हुन्छ अनि सबै देस को आ-आफ्नै बिसेसता त हुन्छन नै / तर सामान्य रुप मा हेर्दा अध्ययन र अवसर को हिसाब ले नेपाली हरुको लागि जापान पनि एक आकर्षक गन्तब्य हो जस्तो मलाइ लग्छ/ मुख्य कुरा जापान मा सुरु का दिन हरु जुन बेला भाषा र त्यहाँ को culture नबुझ्दा अलि बढी नै तनाब झेल्नु पर्ने हुन्छ / भाषा नै नजान्ने मान्छे लाइ काम पाउन र काम दिने लाइ पनि काम दिन गारो नै हुन्छ / तेसैले जापान अध्ययन गर्न आउने बिद्यार्थी हरु ले पहिले नै japanese भाषा सामान्य बोल्न र भनेको बुझ्न सक्ने सम्म को तयारी गरेर जापान आउना सके जापान मा पुगे पछि आर्थिक र मानसिक तनाब कम हुन्छ भन्ने कुरा आत्मसाथ गरेर नेपाल मा नै japanese भाषा राम्रो अध्ययन गर्नु सबैको हित मा देखिन्छ /
अर्को कुरा जापान मा अध्ययन को लागि आउना चाहने बिद्यार्थी भैं बहिनि हरुले सुरुमा नै २/४ बर्ष चाही राम्रो संग पढ्ने र japanese भाषा चाही जसरि पनि पढ्ने मनस्थिति बनाएर आउनु भए धेरै राम्रो हुने देखिन्छ/ जापान मा रोजगारी का प्रसस्त सम्भावना र अवसर हरु भएको कुरा मा कुनै बिबाद छैन/ समस्या भनेको ति अवसर लाइ हासिल गर्ने skill हासिल गर्नु हो / तेस्मा पनि japanese भाषा को skill मुख्य हुन आउछ / अझ 2020 मा olympic को आयोजना हुदै गर्दा झन् धेरै कामदार को आवस्यकता हुने र अवसर हरु सिर्जना हुने पक्का छ/ अनि जापान को जनसंख्या मा काम गर्ने उमेर को जनसंख्या घट्दै गएको र बृद्ध जनसंख्या बढ्दै गएको ले अवसर हरु बढ्दै जाने देखिन्छ / एस हिसाब ले जापान मा बिद्यार्थी visa अझ खुकुलो गर्दै जानुपर्ने जापान सरकार को बाध्यता नै हुन जान्छ/ यो कुरा लाइ मध्यनजर राख्दै जापान मा आइसकेका र जापान आउन तरखर मा रहेका बिद्यार्थी भाई बहिनि हरु ले आफुलाई पनि तयार गर्न सके नेपाल को बेरोजगारी समस्या को समाधान गर्न र नेपाल को अर्थब्यबस्था मा सकारात्मक योगदान गर्न मदत पुग्ने देखिन्छ /बरु जापान मा अध्ययन गर्न आउदा बिशेस गरि टोक्यो ,ओसाका जस्ता ठुला सहर हरु मा आउनु चाही अति नै आवस्यक छ/ किनकि सबै रोजगारी का अवसर र बिबिधता यिनै सहर मा हुने भएका ले काम गर्दै पढ्दै गर्नु पर्ने हाम्रो जस्तो बाध्यता भएका बिद्यार्थी को लागि अलिक दुर्गम र ग्रामिण या स्याना सहर मा काम नपाउने हुनाले धेरै नै आर्थिक /मानशिक तनाब हुन्छ/ जापान बिद्यार्थी पठाउने cunsultancy ले पनि पैसा को लागि जापान को बस्तुस्थिति लुकाएर बिद्यार्थी लाइ जहाँ पायो त्यहि को school / COLLEGE मा पठाउनु भन्दा यथार्थ कुरा को राम्रो जानकारी गराएर राम्रो ठाउँ मा पठाउनु नै सबैको हित मा हुने देखिन्छा.
जापान मा अध्ययन गर्ने कुरा पनि चुनौती पूर्ण
Reviewed by a
on
7:53 PM
Rating:
No comments: