Top Ad unit 728 × 90

a
Ad Inside Post

कम्पनीहरुले शुक्रवारयता शेयर मूल्यलाई प्रभाव पार्ने सबै जानकारी निर्णय भएलगत्तै नेप्सेको वेबसाइटमा राख्नु पर्ने भएको छ

कम्पनीहरुले शुक्रवारयता शेयर मूल्यलाई प्रभाव पार्ने सबै जानकारी निर्णय भएलगत्तै नेप्सेको वेबसाइटमा राख्नु पर्ने भएको छ । कम्पनीहरु आफँैले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेबसाइटमा राख्न सक्ने गरी तयार गरिएको नयाँ प्रणालीको शुक्रवार गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका छन् ।
केही महीनाअघिबाट नेप्सेले सञ्चालनमा ल्याएको नयाँ वेबसाइटमा रहेको यस्तो विशेषतालाई प्रभावकारी बनाइएको हो । यसको सञ्चालनसँगै कम्पनीले जिम्मेवारी पूर्वक नेप्सेको वेवसाइटको तोकिएको फिल्डमा जानकारी प्रविष्टी गर्ने छन् । यसअघिको निर्देशनमा जस्तै कम्पनीहरुका सञ्चालक समितिहरुले बिहान कुनैपनि निर्णय गरेमा तुरुन्त कारोबार समय पूर्व र साँझ यस्तो निर्णय गरेमा भोलिपल्ट कारोबार समय पूर्व नेप्सेको वेवसाइटमा प्रविष्टी गर्नुपर्ने छ ।
कम्पनीहरुबाट प्राप्त सूचना, जानकारी तथा विवरणहरु नेप्सेका अधिकारीले रुजु गरेपछि नेप्सेको वेबसाइट मार्फत् सार्वजनिक हुनेछ । साथै सूचना प्रविधि शाखाले सूचीकृत कम्पनीबाट प्राप्त सूचना प्रिन्ट गर्ने र कारोबार प्रणालीमा हाल्ने र अभिलेख राख्ने कार्य गर्दछ । यस्तो सूचना निर्णय लगत्तै प्रविष्ट गरेनगरेको लगायतको अनुगमन कारोबार तथा सुपरिवेक्षण शाखाले नियमित रुपमा गर्ने व्यवस्था गरिएको छ ।
हालसम्म सूचीकृत कम्पनीहरुले नेप्सेलाई सूचना लगायत पठाउने र प्राप्त हुनासाथ नेप्सेले आफ्नो वेबसाइटमा प्रविष्टी गरी सार्वजनिक गर्दै आएको थियो । यस प्रक्रियामा धेरै कम्पनीहरुबाट एकै चोटी यस्ता सन्देशहरु प्राप्त हुँदा प्रणालीमा प्रविष्टि गर्न समय बढी लाग्ने गरेको थियो । नयाँ व्यवस्थापछि लगानीकर्ताले समयमै सूचना पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।  
यदि कुनै कम्पनीले निर्णय पश्चात् सो को जानकारी सर्वसाधारण लगानीकर्ताहरुलाई उपलब्ध नगराए शेयर ‘होल्डर’हरुले समेत कम्पनीसँग प्रश्न तथा प्रतिप्रश्न गर्न सक्ने वातावरण बन्ने नेप्सेले विश्वास व्यक्त गरेको छ । समयमै जानकारी नदिने तर बजारमा चुहाउने लगायतका कार्यलाई धितोपत्र ऐनमा उल्लेख भित्री कारोबारको रुपमा उल्लेख गरिएकोले कारवाही हुने व्यवस्था समेत रहेको छ ।  
उद्घाटन कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले थालेको प्रयासको प्रशंसा गरे । ‘यस्तो प्रयासलाई अझै सुदृढ गराउँदै लैजानु हुनेछ भन्ने विश्वास मैले लिएको छु,’ उनले भने ।
कार्यक्रममा नेप्सेका अध्यक्ष रामजी रेग्मीले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै जाने नेप्सेको प्रयासमा नयाँ पद्धति थप सहायक सिद्ध हुने विश्वास व्यक्त गरे । यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्ने बताए । ‘ट्रेडिङ अफ सेक्यूरिटी इज ट्रेडिङ अफ इन्फरमेसन, प्राइस इज द फङ्सन अफ इन्फरमेसन ’भन्ने भनाईहरुले विश्वका कुनै पनि स्टक एक्सचेन्जहरुमा प्रसिद्धि पाइरहेका छन् । सूचीकृत कम्पनीहरुबाट प्राप्त हुने सूचना जानकारी तथा विवरणहरुका आधारमा लगानीकर्ताहरुले लगानी सम्बन्धी निर्णयलाई सहज बनाउने हुँदा यसैका आधारमा आफ्ना बचत परिचालन गर्दछन् ।
कम्पनीहरुले शुक्रवारयता शेयर मूल्यलाई प्रभाव पार्ने सबै जानकारी निर्णय भएलगत्तै नेप्सेको वेबसाइटमा राख्नु पर्ने भएको छ Reviewed by a on 7:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.