Top Ad unit 728 × 90

a
Ad Inside Post

चोरीको सुन किन्न पसले नै चोरसम्म

काठमाडौं- महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको सुन र मोबाइल खरिद गर्ने दुई जनालाई पक्राउ गरेको छ। कौडीको मोलमा सुन किन्न चोरसँग मोलमोलाइ गर्ने संजिव विश्वकर्मा र प्रकाश विश्वकर्मालाई पक्राउ गरेको हो।
काठमाडौं—शंखमूलमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका संजिवले कामदार प्रकाशमार्फत् चोरले बोलाएकै ठाउँमा गएर चोरीका गरगहना खरिद गर्दै आएको खुलेको छ। परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले पक्राउ परेकाको साथबाट सानो डिजिटल तराजु र औजार बरामद हुनुले चोरीका अन्य घटनामा समेत संलग्नता हुनसक्ने बताए। उनका अनुसार ललितपुरमा वैशाख ३० गते चोरिएका करिब ११ लाख रुपैयाँका गरगहना संजिवको पसल र प्रकाशका साथबाट बरामद भएको छ।
प्रहरीका अनुसार लागु औषध किन्न साथीको घरमा दराज काटेर चोरी गर्ने दुई जना पक्राउ परेपछिको अनुसन्धानमा चोरीको सुन किन्ने समूहबारे खुलासा भएको हो। प्रहरीले वैश्ााख ३० गते कार्यविनायक नगरपालिकास्थित गनेन्द्रबहादुर सिंहको घरबाट १९ तोलाका सुनका गरगहना चोरी भएको उजुरी परेपछि अनुसन्धान गरिरहेको छ।
सिंहकी छोरी नेहाकी निकट साथी पूजा राई र विश्वास गुरुङले नियोजित रुपमा चोरी गरेको अनुसन्धानमा खुलेको छ। नेहासँग नियमित आउजाउ गर्ने पूजाले मौका छोपेर सेफ फुटाएर गरगहना चोरी फरार थिइन्। घटनाको अनुसन्धान गरिरहेका डिएसपी ईश्वर कार्कीले चोरेका गरगहना बेचेर आएको रकम राई र गुरुङले ठमेलमा मोजमस्ती गरी राई रसुवा कारागारमा थुनिएका प्रेमी रोशन प्रधानलाई भेट्न जाँदा पक्राउ परेकी हुन्।
'दुवै लागुऔषध दुर्व्यसनी भएको र लागुऔषधका लागि चोरी गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ,' एसएसपी अधिकारीले भने। उनले चोरीका गरगहना किन्न ल्याएको करिब ८० हजार नगद पनि बरामद भएको बताए। उनले भूकम्पमा बिल हराएको भन्दै चोरीका सामान बेच्ने घटना भइरहेकाले सचेत रहन सर्वसाधारणसँग आग्रह समेत गरे।
जेलबाट निस्केपछि फेरि चोरी
प्रहरीले चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट धरौटीमा छुटेका एक अभियुक्तलाई रिहा भएको पाँच दिनपछि फेरि चोरी गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरीले वैश्ााख २२ गते धरौटी बुझाएर नख्खु कारागारबाट रिहा भएका रमेश श्रेष्ठलाई फेरि चोरीकै आरोपमा पक्रेको हो।
प्रहरी वृत्त सातदोबाटो प्रमुख डिएसपी तारादेवी थापाले अनाथ भएको भन्दै उपत्यकाका विभिन्न चर्चमा मोबाइल चोरीमा संलग्न एक जना पक्राउ गरेको बताइन्। उनका अनुसार पटके चोरीमा संलग्न रमेश उपत्यकाका विभिन्न प्रहरी युनिटले चोरी मुद्दामा खोजी गरिरहेका संकास्पद हुन्। थापाका अनुसार ललितपुरको एउटा चर्चमा चोरी गरि अर्को चर्चमा शरण लिएर बसेका रमेशलाई एक जना अनुयायीले देखेपछि प्रहरीमा खबर गरेका थिए।

चोरीको सुन किन्न पसले नै चोरसम्म Reviewed by a on 7:50 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.