मामा ठग्ने भान्जा पक्राउ
काठमाडौं-प्रहरीले सरकारी जागिरको प्रलोभनमा सहोदर मामालाई ठगी गरेको आरोपमा भान्जालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने संखुवासभाका जम्बा भोटेलाई पक्राउ गरेको हो।
भोटेले सहोदर मामा जुम्प लेम्डुक भोटेको सालो वाड्डा भोटेलाई सरकारी जागिर लगाइदिने भनदै मामाबाट ८ लाख रुपैयाँ लिएका थिए ।
रकम लिएर काम नभएपछि रकम माग गर्दा चेक काटी दिएकोमा मामाबाट चेक खोसी च्याति दिएको र मामालाई समेत सामाजिक संजाल फेसबुकमार्फत चारित्रीक हत्या गर्ने म्यासेज गरी सम्पर्क विहिन भएको भन्दै पीडितहरुले महाशाखामा निवेदन दिएको थिए।
अनुसन्धानमा भोटेले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी अन्य दुईजनालाई समेत ठगी गरेको खुलेको हो।
महाशाखाका अनुसार पक्राउ परेका भोटेले सोलुखुम्बु घर हुने सरद राई ,प्रेमकुमार मगरलाई प्रलोभनमा पारी राष्ट्रिय अनुसन्धान विभागको असई पदमा जागीर लगाइदिने भन्दै ठगेका हुन । भोटेले राईसँग ४ लाख ५० हजार र मगरबाट २ लाख रुपैयाँ रकम लिएका थिए ।
महाशाखाबाट खटिएको टोलीले भोटेलाई सोमबार काठमाडौँ बागबजारबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको जनाएको छ।
Reviewed by a
on
7:46 PM
Rating:
No comments: