Top Ad unit 728 × 90

a
Ad Inside Post

बजेटपछि सरकार परिवर्तन: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पछाडि सरकार परिवर्तनको संकेत गरेका छन् । उनले एमालेसँग भएको समझदारी अनुसार त्यो सम्भावना प्रवल रहेको बताए । 
क्रान्तिकारी पत्रकार संघले बिहीबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र जनताको विकासको अपेक्षाका चुनौति सामना गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्कतामा जोड दिए । 
'मैले लगातार राष्ट्रिय सहमतिका लागि जोड दिइरहेको छु । अहिले सरकारमा भएका बेला मात्रै होइन, प्रतिपक्षी दलको नेता हुँदा पनि भन्दै आएको कुरा हो,' उनले भने 'अहिलेको समस्याको सामना गर्नपनि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । त्यसमा हामी लागि रहेका छौं ।'
उनले अहिले सबै परिस्थिति हेर्दा माओवादीकै नेतृत्वमा सरकार बन्यो भने सजिलो हुने देखिएको बताए । 'शान्ति प्रक्रिया सहित धेरै विषय टुंग्याउन पनि माओवादी नेतृत्वकै सरकारले सजिलो हुन्छ,' उनले भने 'तर, फेरि हामी भए मात्र राष्ट्रिय सहमति नभए हुन्न भन्ने कुरा होइन ।'
एमालेले मानेन भने के हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा दाहालले ९ बुँदे सहमति गर्दा एमालेपनि राष्ट्रिय सहमति बनाउनका लागि सहमत भएको बताए ।  
'अहिले त्यस्तो परिस्थिति छैन । एमालेपनि राष्ट्रिय सहमतिका लागि सहमत भएको हो,' उनले भने '१५,२० दिन एक महिनापछि मात्र यो प्रश्नको जवाफ दिन सकिन्छ । अहिले बेला भएको छैन ।'  
बजेटपछि राष्ट्रिय सहमतिको सरकारको सम्भावना छ ? भन्ने अर्को प्रश्नको जवाफमा उनले भने 'समझदारीका सबै कुराको हिसाब गर्दा त्यो सम्भावना प्रवल छ
 Prachanda
बजेटपछि सरकार परिवर्तन: दाहाल Reviewed by a on 7:09 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.