Top Ad unit 728 × 90

a
Ad Inside Post

भीरबाट लडेर कांग्रेस नेताको मृत्यु

 
अछामः नेपाली कांग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य रामबहादुर सुनारको भीरबाट लडेर ज्यान गएको छ । सुनारसँगै रहेका सोही गाउँका जपेन्द्र शाही गम्भिर घाईते भएका छन् । 
 
तोली गाविस–१ का सुनारको शनिबार राति गाउँकै खारखोला नजिकको भीरबाट लडेर ज्यान गएको बाजुरा प्रहरीले जानकारी दिएको छ ।
 
सँगै रहेका शाहीको टाउँको र हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए । घाईते शाहीको टाउकोमा सात टाँका लागेको तथा बाँया हात भाँचिएको र अछामको बयलपाटका अस्पतालमा उपचार भइरहेको छ । 
 
राति करिव ११ बजेतिर छिमेकी गाउँबाट घर जाने क्रममा उनीहरु भीरबाट लडेको प्रहरीलाई प्रारम्भिक जानकारी आएको डिएसपी बोगटीले बताए । सँगै रहेका दुबै लडेर करिव एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 
 
मृतक सुनार दलित नेटवर्क बाजुराका अध्यक्षसमेत रहेका बुझिएको छ । सँगै रहेका दुबै कसरी लडे भन्ने बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट एक टोली आज बिहानै घट्नास्थल तर्फ खटाईएको डिएसपी बोगटीले जानकारी दिए । घट्नास्थल अछामको सिमानासँग जोडिएको गाविस हो ।
भीरबाट लडेर कांग्रेस नेताको मृत्यु Reviewed by a on 1:18 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.