Top Ad unit 728 × 90

a
Ad Inside Post

पेट्रोलियममा तत्काल मूल्यवृद्धि हुँदैनः निगम


काठमाडौं— सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेट भाषणमा पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतले वृद्धि गर्ने जनाए पनि तत्काल मूल्यवृद्धि नहुने भएको छ। नेपाल आयल निगमले तत्काल मूल्य घटबढ नहुने जनाएको हो।
 तत्कालका लागि निगमको नाफा घटे पनि समीक्षा गरेर मात्र मूल्य समायोजन गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। 'सरकारले थप कर लगाउने निर्णय गरेपनि तत्काल मूल्य बढाउँदैनौं,' घिमिरले नागरिकन्युजसँग भने, 'समीक्षा गरेपछि मात्र समायोजन गर्छौं ।'

पेट्रोलिय पदार्थमा प्रतिलिटर न्यूनतम ३७ रुपैयाँ ३१ पैसादेखि ४२ रुपैयाँ ६ पैसा कर लगाउँदै आएको सरकारले शनिबार बजेट भाषणबाट पेट्रोलियम पदार्थमा करको दायरा बढाउने घोषणा गरेको थियो। उपभोक्तालाई मार नपर्ने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ कर लगाउने अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा घोषणा गरेका थिए।

नेपाल आयल निगमको चर्को मूल्यले आहत बनेका उपभोक्तालाई अर्थमन्त्री पौडेलको बजेट भाषणमा प्रतिलिटर पाँच रुपैयाँ थप करलगाउने निर्णयले पेट्रोलियम पदार्थ(पेट्रोल, डिजेल, मट्टिटेल, हवाई इन्धन)को भाउ बढ्न सक्ने भन्दै चिन्तित भएका छन्। १२ सय मेगावाटको बूढीगण्डकीमा जलाशययुक्त जलविद्युत निर्माणका लागि प्रतिलिटर पाँच रुपैयाँ थप कर लगाउने निर्णय गरेको बजेट भाषणमा उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विगतमा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिँदा पनि अटेर गरेको निगमले तत्काल मूल्य नबढ्ने बताए पनि बजेट भाषणमा कर बढाएपछि निगमले यसैको बहाना बनाएर भाउ बढाउन सक्ने अनुमान गरिएको छ। निगमले चर्को मूल्यमा पेट्रोलिय पदार्थ बेचेर उपभोक्ताको ढाड सेकिरहेका बेला सरकारको थप कर लगाउने निर्णयप्रति चौतर्फी आलोचना भएको छ।

सरकारी राजस्व र मूल्य अभिवृद्धि कर सहित पेट्रोलमा प्रतिलिटर ४२ रुपैयाँ ६ पैसा कर लिँदै आएको सरकारले लिटरमा थप पाँच रुपैयाँ कर बढाएको हो । डिजेलमा प्रतिलिटर ४१ रुपैयाँ ६४ पैसा, मट्टितेलमा ३८ रुपैयाँ ५२पैसा हवाई इन्धनमा ३७ रुपैयाँ ३१ पैसा (आन्तरिक उडान) मा कर लिँदै आएको थियो । यसमा थप पाँच रुपैयाँ कर लगाउने निर्णय गरेको छ ।

विद्युत उत्पादनका योजनामा खर्च गर्ने बहानामा पेट्रोलियम पदार्थमा अतिरिक्त कर लगाउने निर्णय गलत भएको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध गरेका छन् । 'पेट्रोलियम पदार्थमा चर्को मूल्य तिरिरहेको अवस्थामा सरकारको थप कर लगाउने निर्णय गलत छ,' उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले भने, 'पेट्रोलको भाउ बढ्नासाथ बजारमा दैनिक उपभोग्य सामानको भाउ पनि बढ्छ ।'
पेट्रोलियममा तत्काल मूल्यवृद्धि हुँदैनः निगम Reviewed by a on 1:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.