रियल म्याड्रिड बन्यो च्याम्पियन्स लिग बिजेता
रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा घरेलु चिरप्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टी सुट आउटमा ५-३ पराजित गर्दै रियल च्याम्पियन बन्न पुगेको हो । रियलको यो ११ औं उपाधि हो ।
निर्धारित ९० मिनेटको खेल र थपिएको ३० मिनेटको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको थियो ।
रियल म्याड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीलाई एन्टोनिओ ग्रिजम्यानले गोलमा परिणत गर्न सकेनन् । उनको लेफ्ट फुट सट बारमा लागेर फर्केको थियो । खेलको ७९ औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्काउन सफल भयो ।
१-१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा रियलले एट्लेटिकोलाई ५-३ को गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुम्न पायो । रियल म्याड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल हाने ।
रियल म्याड्रिड बन्यो च्याम्पियन्स लिग बिजेता
Reviewed by a
on
6:05 AM
Rating:
No comments: