आइपिएल फाइनल : कोहली र वार्नर भिडन्त
इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं सिजनको फाइनल आज खेलिदैछ । आज साँझ हुने फाइनलमा विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलेर र डेविड वार्नरले नेतृत्व गरेको सनराइजर्स हैदरबाद भिड्दैछन् ।
यो भीडन्तलाई धेरै अर्थमा कप्तानहरुको भीडन्तका रुपमा हेरिएको छ । किनभने, कोहली र वार्नर दुवै यो सिजनका सबभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् । यी दुवैले आफ्नो टिमलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका छन्, कप्तानका रुपमा मात्र नभई, ब्याट्सम्यानका रुपमा पनि ।
कोहली यो सिजनको रन स्कोररमा शीर्षमा छन् भने वार्नर उनी पछि । कोहलीले यो सिजनमा मात्रै ४ वटा सतक बनाइसकेका छन् । वार्नरले गुजरात लायन्स विरुद्धको खेलमा सतकीय पारी खेलेर टिमलाई फाइनलमा पुर्याएका हुन् ।
यी दुवै टिम ब्याट्सम्यानमा निर्भर टिम हुन् । बैंगलोरसँग कप्तान कोहलीका अलावा क्रिस गेल, एबी डिभिलियर्स र सेन वाट्सन जस्ता स्टार खेलाडी छन् । हैदरावादमा पनि युवराज सिंह र शिखर धवनलगायतका खेलाडी छन् ।
यी दुईमध्ये जुन टिमले जिते पनि आइपिएलको नयाँ विजेता हुनेछन् । यसअघि दुई पटक फाइनलमा पुगे पनि बैंगलोरले ट्रफी भने जितेको छैन ।
आइपिएल फाइनल : कोहली र वार्नर भिडन्त
Reviewed by a
on
6:10 AM
Rating:
No comments: