Top Ad unit 728 × 90

a
Ad Inside Post

‘मेरो पेन्सन बढ्यो, तर देश समस्यामा पर्‍यो’


पूर्वडेपुटी गभर्नर काफ्ले भन्छन्- ऋण काढेर गरिएको भतेरजस्तो बजेट

 ‘व्यक्तिगतरुपमा खुसी छु किनकी बजेट घोषणासँगै ६ हजार रुपैयाँले मेरो पेन्सन बढेको छ, तर वित्तीय भारले देश डुब्छ कि भनेर टेन्सन बढेको छ,’ बजेटबारे प्रतिक्रिया लिन फोन गर्दा पूर्ववाणिज्य तथा आपूर्ति सचिव शम्भुशरणप्रसाद कायस्थले सुरुमै यस्तो चिन्ता सुनाए ।
shambhusaran-kayastha
शम्भुशरणप्रसाद कायस्थ
सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढाउँदा राज्य कोषको ढुकुटीमा २६ अर्ब रुपैयाँको हाराहारीमा भार थपिएको छ ।
त्यस्तै, सामाजिक सुरक्षाका लागि ३२ अर्ब र अन्य अनुदानमुखी कार्यकमबाट करिब ३० अर्ब गरी केपी ओली नेतृत्वको सरकारले राज्यकोषको ढुकुटीमा कूल १ खर्ब रुपैयाँ वित्तीय भार थपिएको कायस्थले बताए ।
बजेटमा ऋणको आकार ३ खर्ब बढी पुर्‍याइएको तर त्यसरी उठाइएको ऋण वितरणमुखी कार्यक्रममा छरिएकोप्रति कायस्थले चिन्ता व्यक्त गरे ।
‘अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरिरहँदा मलाई त्यो प्रधानमन्त्री ओलीजीको जस्तै मिठो भाषण लाग्यो, एकाग्र भएर सुनिरहेँ,’ उनले भने -‘तर, ऋण काढेर भतेर लगाएको देख्दा कसरी चित्त बुझाउन सकिन्छ र ?’
बजेटको असरले आगामी वर्ष महंगी नियन्त्रण गर्न नसकिने उनको ठहर छ । ‘सरकारले मूल्यवृद्धि ७.५ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ, लेखेर राख्नुहोस् आगामी वर्ष दोहोरो अंक (१० प्रतिशतभन्दा बढी)ले महंगी बढ्नेछ,’ कायस्थले भने- ‘आर्थिक वृद्धि चाहीँ ३ प्रतिशतमात्रै भयो भने पनि ठूलो उपलब्धि हो ।’ सरकारले ६.५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ ।
बजेट कार्यान्वयन नहुने, बैंकको लगानीयोग्य रकम बढ्ने र राष्ट्र बैंकलाई त्यसको व्यवस्थापन गर्न निकै कठिन हुने उनको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्षमा उठाउने राजस्वको लक्ष्य कूल ग्रार्हस्थ उत्पादनको आकारको २५ प्रतिशत हो । यसअघिका सरकारले सामान्यतया बजेटमा जीडीपीको १७ देखि १८ प्रतिशतमात्रै राजस्वको लक्ष्य राख्दै आएका थिए ।
राजस्वको लक्ष्य निकै महत्वकांक्षी राखेर बजेटको आकार अत्याधिक बढाइएकाले आगामी वर्ष अर्थतन्त्र नराम्ररी प्रभावित हुने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
‘राजस्व कसेर उठाएको र ऋण लिएको पैसा पुँजी निर्माण (विकास निर्माण)मा खर्च नभई वितरणमै खर्च हुने संभावना ठूलो छ, यसले भविष्यमा ठूलो वित्तीय दुर्घटना निम्त्याउन सक्छ,’ खनालले भने ।
‘मेरो पेन्सन बढ्यो, तर देश समस्यामा पर्‍यो’ Reviewed by a on 6:14 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.