१ लाख ४० हजार विदेशी कामदारले मलेसिया छाडे
दक्षिण पुर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घटदै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो बर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ । त्यसरी र्फकनेमध्ये धेरैजसो नेपाल, फिलीपिन्स र इण्डोनेसियाका रहेका छन् ।
स्थानीय संचारमाध्यममा सार्वजनिक उक्त तथ्यांकअनुसार गत बर्ष मार्च महिनामा २१ लाख ३५ हजार विदेशी कामदार बैध रुपमा कार्यरत रहेकोमा हाल सोही समयमा उक्त संख्या घटेर १९ लाख ९३ हजार मात्र रहेको पाइएको हो ।
पछिल्लो समय मलेसियाली अर्थतन्त्र र मुद्रामा आएको गिरावट, विदेशी कामदारसाग लिइने लेभी शुल्कमा बृद्धि र तुलनात्मक रुपमा खाडी लगायतका मुलुकमा बढी तलब सुविधा पाइने भएकाले विदेशी कामदार मलेसिया छाडेर स्वदेश फिरेको आँकलन गरिएको छ ।

मलेसियाका लागि इण्डोनेसिया, नेपाल, बंगलादेश, फिलीपिन्स, कम्बोडिया, भारत, पाकिस्तान, थाइल्याण्ड लगायत मुलुक श्रमस्रोत मुलुक हुन् । मलेसियालाई धेरै श्रमिक दिने मुलुकहरुमध्ये हाल इण्डोनेसिया र बंगलादेशपछि नेपाल तेश्रो स्थानमा छ ।
विश्वबैंकको गतबर्षको एक आँकडाअनुसार मलेसियाको प्रतिव्यक्ति आय २५ हजार आठसय ३३ अमेरिकी डलर हाराहारीमा छ । यहाँको अर्थतन्त्र सेवाक्षेत्र, कृषिर् र उत्पादनमूलक उद्योगमा बढी निहित छ । यी क्ष्ाेत्रमा विदेशी कामदारको ठूलो हिस्साले यहाँको विकासका लागि उल्लेखनीय योगदान गरिरहेका छन् । हाल यी क्षेत्रमा पनि कामदार अभाव छन् ।
मलेसियाको केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार यहाँ करिब ५ लाख ८४ हजार नेपाली कामदार बैध रुपमा कार्यरत छन् । मलेसियामा कार्यरत विदेशी कामदार घटैजाँदा गत डेढबर्ष यता आउने नेपाली पनि हवात्तै घटेका छन् । सरकारले लागू गरेको 'निशुल्क भिसा-टिकट' नीति र मलेसियाले विदेशी कामदारसँग लिने लेभी शुल्कमा बृद्धि गरेपछि बचत कम हुने भएकाले पनि यता आउने नेपालीहरु घटेका हुन् ।

मलेसियाली सरकारले विदेशी कामदारहरुका लागि गत मार्च १८ मा नयाँ लेभी शुल्क तोकेको थियो । यसअघि उत्पादन र निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि बाषिर्क १२५० रिंगिट रहेकोमा १८५० रिंगिट पुर्याइएको छ भने कृषिर् र बृक्षारोपणका क्षत्रेमा कार्यरतका लागि ५९० बाट बढाएर ६४० रिंगिट लागू गरिएको थियो । उक्त लेभी रकम सबै कामदारले नै तिर्नु पर्ने प्रावधान रहेको छ ।
मलेसियामा प्रति कामदारले ९ रिंगिट न्युनतम मासिक पारिश्रमिक पाउँछन् । पछिल्लो नीतिअनुसार विदेशी कामदारले सरकारलाई लेभीबापत तोकीएको शुल्क र आवासीय सुविधा लिएबापत रोजगारदातालाई मासिक ५० रिंगिट शुल्क तिर्नुपर्ने हुन्छ । कतिपय कम्पनीले कामदारलाई खानाको सुविधा दिएपनि अधिकांश कामदारले खाना आफ्नै खर्चले खानुपर्ने हुन्छ । जसका कारण ओभरटाइम नभएमा एकजना नेपाली कामदारले सरदरमा ५५० देखि ६५० रिंगिट मासिक बचाउँछन् । यसर्थ, सम्झौताअनुसार काम र तलबसुविधा नपाउनु, होस्टल व्यवस्थित नहुनु, मलेसियाली मुद्रा कमजोर हुनु जस्ता विविध कारणले बचत पनि कम हुने भएकाले कतिपय नेपाली कामदारहरु भिसा थपेर बस्नुको सट्टा स्वदेश फिर्ने गरेका छन् ।
५८ हजार फर्कीए, ३,७७७ कामदार दर्ता
गैरकानुनी आप्रव्ाासी कामदारलाई बैधानिक भएर काम गर्न पाउनेगरि गत फेब्रुवरी १५ देखि मलेसियाले संचालन गरेको पुनः भर्ना तथा स्थानान्तरण -रिहाइरिङ एण्ड रिलोकेसन प्रोग्राम) कार्यक्रममार्फत ३ हजार ७ सय ७७ जना गैरकानुनी नेपाली कामदारले आफ्ना विवरण दर्ता गरेका छन् । स्थानीय संचारमाध्यमका अनुसार उक्त कार्यक्रममार्फत ती नेपालीसहित करिब १ लाखभन्दा बढी आप्रवासी कामदार दर्ता भइसकेका छन् । आगामी जुन ३० सम्म संचालन हुने यस कार्यक्रममा अपेक्षा गरेअनुरुप उल्लेख्य संख्यामा कामदारहरु सामेल भएका छैनन् ।
उक्त कार्यक्रम संचालन गर्दै गत फेब्रुवरी १९ विदेशी कामदार लिन बन्द गरेको थियो । तर रोजगारदाता र सरोकारवालाहरुको तीब्र दबाब र आग्रहपछि उसले विदेशी कामदारका लागि निर्माण, उत्पादन, कृषि र बृक्षारोपण लगायतका चार क्षेत्र यही मे दोश्रो सातादेखि पुन खुला गरेको थियो । मलेसियाली श्रमबजारमा गैरकानुनी कामदारसम्बन्धी समस्या प्रमुख बन्दै आएको छ । सरकारले पटक पटक त्यस्ता कामदारलाई रोजगारीको अवसर एवं घरफिर्ती लगायतका विभिन्न अवसरसहितका कार्यक्रम संचालन गर्दै आएपनि अपेक्षित रुपमा यो समस्या हट्न सकेको छैन । हालसम्म दर्ता हुने गैरकानुनी कामदारमा सबैभन्दा धेरै बंगलादशेी छन् । दर्ता भएको संख्याका आधारमा नेपाली तेश्रो स्थानमा छन् ।
समाचारअनुसार यस अवधिमा ६६ हजार बंगलादेशी कामदारले आफ्ना विवरण दर्ता गरेका छन् । त्यस्तै इण्डोनेसियाली कामदार दोश्रो स्थानमा छन् । १९ हजार इण्डोनेसियाली 'पुनः भर्ना एवं रोजगारी' कार्यक्रममार्फत दर्ता भएका छन् । त्यस्तै ३ हजार ६ सय ६९ जना भारतीय, २ हजार ६ सय १५ जना पाकिस्तानी, २ हजार ४ सय ७२ भियतनामी, अन्य विभिन्न मुलुकका नागरिक ४ हजार ९ सय ३३ जना दर्ता भएका छन् ।
मलेसियाले यस कार्यक्रममा दर्ता नहुने गैरकानुनी कामदारलाई कडा कार्बाही गरिने उद्घोष गर्दै आएको छ । उसले यस कार्यक्रमसागै गैरकानुनी कामदारविरुद्ध विभिन्न कारबाही अभियान चलाउँदै आएको छ । नेपाली दुतावासको एक तथ्यांकअनुसार गत डेढबर्षयताको अवधिमा गैरकानुनी अवस्थामा रहेका झण्डै ५८ हजार नेपाली मलेसियाबाट फर्कीसकेका छन् । विदेशी कामदारका राहदानी रोजगारदाताले आफ्नो नियन्त्रणमा लिने भएकाले कबोल गरेअनुसारको काम र तलबसुविधा नपाएमा कम्पनी नै छाडेर भाग्ने गरेका छन् । जसका कारण कामदार कानुनी कागजातबिहीन हुने र जेल समेत पर्ने गरेका छन् ।

Reviewed by a
on
7:49 AM
Rating:
No comments: