Top Ad unit 728 × 90

a
Ad Inside Post

विदेशको काम छाडेर गाउँमै स्वरोजगार

 प्यूठानका एक युवा विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा स्वरोजगार उद्यमी बनेका छन् । मजदूरी गर्न दुबई र ओमन पुगेका ढुङ्गेगढी–१, बडडाँडाका योगेश सारुमगरले घर फर्केलगत्तै व्यावसायिक रूपमा बङ्गुरपालन शुरू गरेका हुन् । ‘विदेशमा छँदा नेपालका धेरै युवाको सफलताका कुरा टीभीबाट थाहा पाएको थिएँ,’ उनले भने, ‘त्यो देखेर आफ्नै देशमा स्वरोजगार बन्न प्रेरित भएँ ।’
२ वर्षअघि अढाई लाख रुपैयाँ लगानी गरेर ‘मङ्गोलियन बङ्गुर फार्म’ शुरू गरेका सारुमगरले लगानी बढाएर १५ लाख रुपैयाँ पु¥याएका छन् । जिल्लाकै ठूलो व्यावसायिक बङ्गुरपालन फार्म सञ्चालन गरेका उनले अहिले ल्याण्डेस, पाख्रिबास, च्वाँचे, ड्युरोम र बँदेल जातका गरी ३५ ओटा माऊ बङ्गुर पालेका छन् । ‘६ ओटा बङ्गुरबाट व्यवसाय थालेको हुँ,’ उनले भने ‘५० ओटा पु¥याउने लक्ष्य छ ।’
बङ्गुरपालनमा गरिएको शुरूको लगानी गतवर्षमै उठाइसकेको सारुमगरले बताए । हाल विक्रीयोग्य बङ्गुर पाठापाठी गरी ६५ ओटा तयार भइसकेको उनको भनाइ छ । जिल्लाका विभिन्न स्थानबाट बङ्गुरका पाठापाठीको माग हुने गरेको उनले बताए । यस वर्ष ४ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा उनले गरेका छन् । जिल्लाका विभिन्न सङ्घसंस्थाबाट बङ्गुरपालनसम्बन्धी व्यावसायिक तालीम लिन आफ्नो फार्ममै आउने गरेको उनले बताए ।
बङ्गुर विक्रीका लागि बजारको समस्या नभएको सारुमगरको भनाइ छ । उनले भने, ‘नजिकै बडडाँडा बजारमा फ्रेस हाउस पनि सञ्चालन गरेको छु ।’ जिल्ला पशु सेवा कार्यालय प्यूठानबाट फ्रेस हाउस मर्मतका लागि यसवर्ष २ लाख रुपैयाँ अनुदान पाउने प्रक्रियामा रहेको उनले बताए । २०६९ सालमा लघु उद्यम विकास कार्यक्रमअन्तर्गत शीपमूलक तालीम लिएपछि आफूलाई यस व्यवसायमा लाग्न थप हौसला मिलेको उनको भनाइ छ ।
व्यावसायिक बङ्गुरपालन गर्न चाहने युवालाई यस वर्ष करीब १० लाख रुपैयाँ अनुदान वितरण गर्न लागिएको जिल्ला पशु सेवा कार्यालय प्यूठानका वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डेले जानकारी दिए । ‘विभिन्न क्षेत्रमा गरी १ सयओटा पाठापाठी वितरण गर्‍यौं,’ उनले भने, ‘समयसमयमा उद्यमीलाई तालीम पनि सञ्चालन गर्छौं ।’ जिल्लाका बडडाँडा, बाङ्गेशाल, मरण्ठाना र बिजुवार क्षेत्रमा व्यावसायिक बङ्गुर फार्म सञ्चालनमा रहेको उनले बताए ।
विदेशको काम छाडेर गाउँमै स्वरोजगार
विदेशको काम छाडेर गाउँमै स्वरोजगार Reviewed by a on 6:42 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.