गिद्ध सर्वेक्षण– राजमार्गमा गिद्ध बढ्दै
नेपाल पक्षी संरक्षण संघ (बिसिएन) को भर्खरै सम्पन्न अध्ययनले नेपालमा गिद्धको संख्या बढ्दै गएको देखाएको छ । बैशाख २६ देखि जेठ ७ सम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ५ सय ६० किलोमिटर राजमार्गमा गरिएको अध्ययनबाट ७४ गिद्ध भेटिएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र आरएसपिवि/यूकेको सहयोगमा हरेक वर्षको मे महिनामा गिद्धको अध्ययन गरिन्छ । नेपालमा विधिवत रुपमा सन् २००२ देखि गिद्धको अध्ययन थालनी भएको हो । बिसिएनका अनुसन्धानकर्ताले बाह्रौपटक राजमार्ग आसपासमा गिद्धको अध्ययन गरेका हुन् ।
बिसिएनका ‘गिद्ध संरक्षण कार्यक्रम’ अधिकृत अनुसन्धानकर्ता कृष्णप्रसाद भुसालले पछिल्लो अध्ययनले अघिल्लो वर्षभन्दा गिद्धको संख्या बढेकाले तीनको ह्रास दरमा कमी आएको बताए । यो पटक ७४ गिद्ध भेटिएका थिए । सन् २०१५ मा ७१ र २०१४ मा ६८ गिद्ध भेटिएका थिए । सन् २००२ मा २०५ गिद्ध भेटिएकामा सन् २००९ मा घटेर ५२ वटामा सीमित भएका थिए । अनुसन्धानकर्ता भुसालले ‘गिद्धको संख्या घटबढको अवस्था पत्ता लगाउन राजमार्ग अध्ययन प्रभावकारी’ भएको बताए ।
अध्ययन गर्दा प्रयोग गरिने गाडी २० किलोमिटर प्रतिघण्टाको गतिमा राजमार्गमा चलाईन्छ र राजमार्गको दुवैतिर एक किलोमिटरसम्म दुरबिनको सहायताले गिद्धको पहिचान गर्ने गरिन्छ । पूर्व–पश्चिम राजमार्गका अलावा पश्चिमी पहाडी क्षेत्रमा अवस्थित सडक संजालहरु सल्यान, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की र तनहुँमा पनि यस्तो अध्ययन गरिएको भुसालले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ र २०१५ मा नविकरण गरीएको ‘गिद्ध संरक्षण कार्ययोजना’ लागु गरे लगत्तै बिसिएनले समुदायमा आधारित कार्यक्रममा जोड दिएको बिसिएनकी वरिष्ठ संरक्षण अधिकृत ईशाना थापाले बताइन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सन् २००९ र २०१५ मा नविकरण गरीएको ‘गिद्ध संरक्षण कार्ययोजना’ लागु गरे लगत्तै बिसिएनले समुदायमा आधारित कार्यक्रममा जोड दिएको बिसिएनकी वरिष्ठ संरक्षण अधिकृत ईशाना थापाले बताइन् ।
बिसिएनका प्रमुख कार्यकारी अधिकृत डा.नरेन्द्रमानबाबु प्रधानले गिद्धको संख्या वृद्धि गर्न र तीनको आहार सुरक्षित पार्न नेपालका ५० जिल्लामा पशु उपचारमा प्रयोग हुने ‘डाईक्लोफेनेक’ मुक्त अभियान तिब्र पारिएको बताए । ‘डाईक्लोफेनेक’ गिद्धका लागि घातक मानिन्छ । ‘आगामी दिनमा गिद्ध सुरक्षित क्षेत्रको थप विस्तार र डाईक्लोफेनेक तथा अन्य हानिकारक औषधीको पुर्ण निर्मुलीकरणमा जोड दिनेछौं,’ प्रधानले भने, ‘सँगै प्रजन्न केन्द्रमा कृत्रिम प्रजनन गराईएका गिद्धलाई सुरक्षित वासस्थानमा पुनस्थापनामा पनि ध्यान दिइनेछ ।’
दक्षिण एशियामा सन् १९९० देखि गिद्धको संख्या नाटकिय ढंगबाट घटिरहेको थियो । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । भुसालका भनाईमा गिद्धको अप्राकृतिक विनाशको कारण पशु उपचारमा प्रयोग गरीने डाईक्लोफेनेक नै प्रमुख कारक तत्व हो । गिद्धलाई हानी नगर्ने डाईक्लोफेनेकको सट्टा प्रमाणित रुपले सुरक्षित मानिएको ‘मेलोक्सिक्याम’ उत्पादन भैसकेको छ । पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ देखि सरकारले आयात र ओसारपसामा प्रतिवन्ध लगाएको छ
गिद्ध सर्वेक्षण– राजमार्गमा गिद्ध बढ्दै
Reviewed by a
on
8:59 AM
Rating:
No comments: