Top Ad unit 728 × 90

a
Ad Inside Post

दाइजो नदिँदा छोरी 'गायब'

वीरगन्ज- दाइजोको माग आफूहरुले पूरा गर्न नसकेपछि छोरीलाई बिहेको पाँच वर्षपछि उसका ससुराल पक्षले गायब पारेेको भन्दै पर्सा, घोडदौरा पिपराकी चम्पा देवी प्रहरीकहाँ धाउन थालेको वर्ष पुग्न लागेको छ। लिखित जाहेरी जिल्ला प्रहरीले दर्ता नगरिदिएको उनको दुखेसो छ।
चम्पा देवी र उनका श्रीमान देवनारायण राउतले छोरी राजमुनीको बिहे ६ वर्षअघि पर्साकै बगही ९, दरदरवाका महेन्द्र राउत कुर्मीका छोरा वीरेन्द्रसँग गरिदिएका थिए। पोहोर साउन १५ मा भेट्न जाँदा देवनारायणले छोरी राजमुनी गायब भइसकेकी थाहा पाएका थिए। उनी भेट्न पुग्दासम्म राजमुनीका ससुराल पक्षले छोरी कतै गाएको वा घरमा नभएको कुरा लुकाउन चाहेका थिए। 'भेटौं भनेर भन्दा तेरो छोरी त भागिसकी भने,' देव नारायणले सुनाए। छोरी भागेकी हो भने हामी (माइती)लाई किन नभनेको भनेर त्यतिबेला उनले सम्धीसँग गरेको प्रश्नको जवाफ अहिलेसम्म पाएका छैनन्।
'मेरा श्रीमान फर्केर गाउँमा आउनुभयो, ३ जना पञ्च लिएर फेरि पुग्नुभयो तर उनीहरुले केही बताएनन्,' चम्पा देवीले घटना सुनाइन्, 'त्यसयता छोरी खोज्दै लगातार प्रहरीमा धायौं, केही भएन।' पोहोर साउन १७ मा दिपनारायणले छोरीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको रेकर्ड छ। त्यसपछि जिल्ला प्रहरीले प्रहरी चौकी परवानीपुरलाई अनुसन्धानको जिम्मा दिएपछि राजमुनीका बाबु र दाजु चौकीमा पनि अनेक पटक धाए।
राजमुनीका बाबु दिपनारायणले पोहोर असोज १० मा दबाब दिएपछि उनका सम्धीले 'तेरो छोरी अब कहिल्यै फर्केर आउँदिन भनेर जवाफ फर्काएको कुरा जाहेरीमा छ। छोरीका ससुरा महेन्द्रले लास खोजेर देखाऊ अनि आउनू, तेरो जे लाग्छ गरिहाल केही फरक पर्दैन भनेपछि चिसो पसेको चम्पादेवीले सुनाइन्। उनले भनिन्, 'छोरीलाई होइन, उसको लास बेपत्ता पारेका रहेछन्।'
बिहेका लागि केटी हेर्न आएका ५४ जनालाई पाइन्ट–सर्टको कपडा दिएर बिदा गरेको बिहेमा माग गरेको दाइजो एक लाख रुपैयाँ दिन नसके पनि पचास हजार नगद, सुनको सिक्री, टिभी र साइकल, वर्तन र लत्ताकपडा दिएको उनी बताउँछिन्। तेरो बाबुले नगद र केही पनि सामान दिएन भनेर दिनहुँ ससुरालकाले दुर्व्यवहार गर्ने गरेको गुनासो छोरीले पोख्ने गरेको चम्पादेवीले सम्भि्कन्।
'दिदीलाई उनीहरुले हामीकहाँ फिर्ता पठाइदिएका थिए, अनि भिनाजुलाई मलेसिया, २ वर्षसम्म बेवास्ता गरेर हामीकहाँ नै छाडेपछि हामीले बिन्तिभाउ गरेर लैजान मनायौं,' गायब राजमुनीका दाजु मुकेशले भने, 'भिनाजु विदेशमै छन्, यता दिदीलाई कहाँ लगियो के हाल गरियो, थाहा छैन।'
राजपतिका माइती पक्षले पोहोर असोजमा अपहरण गरी ज्यान बेपत्तासम्बन्धी जाहेरी दरखास्त लिएर जिल्ला प्रहरीमा पुग्दा प्रहरीले दर्ता गर्न मानेन। 'म पर्सामा आउनुभन्दा अगाडिको मुद्दा हो, मलाई जहाँसम्म याद छ, एकचोटि उहाँहरु मलाई भेट्न आउनुभएको थियो, हामीले खोजतलास निवेदन अन्तर्गत खोजी कार्य जारी राखेका छौं, एउटा कुनै ठोस प्रमाण फेला पर्नासाथ त्यसैअनुसार फेरि मुद्दा अगाडि बढ्छ,' पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले नागरिकलाई भने, 'कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाउन लास वा शरीरको कुनै एउटा भाग भेटेको हुनुपर्छ।'
केटा पक्षले भने आरोप इन्कार गर्दै आएको छ। आफूहरुलाई थाहै नदिई राजमुनी घर छाडेर हिँडेकको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।
-nagarik news

दाइजो नदिँदा छोरी 'गायब' Reviewed by a on 9:56 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.