पत्रकारको तलब १९ हजार ५०० लागु गर्न चौतारीको माग
काठमाडौँ-प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई श्रमजीवी पत्रकारका हकहित लगायत विषय समेटी एघारबुँदे ज्ञापनपत्र बुझाएको छ।
मन्त्री राईलाई नवनिर्वाचित अध्यक्ष गणेश बस्नेतले आफ्नो आठौँ राष्ट्रिय अधिवेशनबाट पारित प्रस्तावका आधारमा सो ज्ञापनपत्र बुझाएका हुन्। सो अवसरमा मन्त्री राईले राष्ट्रको समग्र विकासका निम्ति सञ्चारकर्मीलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे। सरकारका प्रवक्ता राईले वर्तमान सरकार प्रेस र सञ्चारमैत्री भएको बताउँदै बजेट मार्फत पत्रकारका विषय सम्बोधन गर्ने जानकारी गराए।
ज्ञापनपत्रमा श्रमजीवी पत्रकारका लागि तोकिएको मासिक रु १९ हजार ५०० तलब लागू हुनुपर्ने, विद्युतीय सञ्चारमाध्यमलाई समेत छापामाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराई आगामी आवको बजेटबाट दोब्बर बनाउनुपर्ने, पत्रकारको व्यक्तिगत दक्षता, कार्यकुशतलता वृद्धि गर्न तथा कुनै पनि राजनीतिक नामसँग नजोडिएका सञ्चार सङ्ग्रहालय तथा आमसञ्चार अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गर्नुपर्ने माग राखिएको छ।
यसैबीच चौतारीको आजै सम्पन्न केन्द्रीय समितिको बैठकमा मन्त्री राईले पदाधिकारी र सदस्यलाई बधाई दिए। रासस
Reviewed by a
on
7:27 PM
Rating:
No comments: