Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रदर्शनकारीलाई छल्दै ओबामा हिरोसिमा पुगे

हिरोसिमाः अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुगेका छन् ।

उनले शुक्रबार जापानी नागरिकको विरोधका बीच हिरोसिमाको भ्रमण गरेका हुन् । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने ओबामा पहिलो राष्ट्रपति बनेका छन् ।

हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो ।

दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगष्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो ।

यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो ।

आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिले सोही स्थानमा गरेको भ्रमणलाई संसारले नै एक प्रमुख चासोका रुपमा लिएको छ ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो ।

सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाउन बाध्य हुनुपरेको थियो ।

यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्को सहर नागासाकीमा अर्को बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए ।

उनको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उनले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहेका छन् ।
प्रदर्शनकारीलाई छल्दै ओबामा हिरोसिमा पुगे Reviewed by a on 7:32 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.