Top Ad unit 728 × 90

a
Ad Inside Post

मलेशियामा कारखाना निर्माण गर्दै टोयोटा

टोकियो (जापान) । जापानी अटोनिर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले मलेशियामा पनि आफ्नो नयाँ कारखाना निर्माण गर्ने भएको छ । दक्षिणपूर्वी एशियाली राष्ट्र मलेशियामा टोयोटा कारको मागमा भइरहेको वृद्घिप्रति दृष्टिगत गर्दै कम्पनीले यस्तो निर्णय गरेको हो । वार्षिक ५० हजार कार उत्पादन गर्ने क्षमता भएको सो कारखानाको निर्माणमा कम्पनीले ४५ करोड डलर रकम खर्चिने भएको छ ।
कारखाना निर्माण कार्यलाई मलेशियामा टोयोटाको सञ्चालन केन्द्रको पुनव्र्यवस्थापनको एउटा प्रयासका रूपमा हेरिएको कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । यसमा कम्पनीले प्यासेञ्जर कारको उत्पादनमा भन्दा पनि व्यावसायिक सवारीसाधनको उत्पादनमा जोड दिने बताइएको छ ।
मलेशियामा कारखाना निर्माण गर्दै टोयोटा Reviewed by a on 7:41 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.