Top Ad unit 728 × 90

a
Ad Inside Post

बृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको आन्दोलन स्थगित

शनिबारको बजेट भाषणामा सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणासँगै जेष्ठ नागरिकहरुले ३९ महिना लामो आन्दोलन अन्त्य गरेका छन् ।
Jestha-Nagarik,-budha--budhiजेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता १ हजारबाट बढाएर २ हजार पुर्‍याइएको खुशियालीमा आइतबार ३९ महिना लामो आन्दोलन अन्त्य गरेका हुन् ।
सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्‍याइनुपर्ने, सार्वजनिक यातायात र सरकारी अस्पतालमा उपचार खर्च छुट दिइनुपर्ने लगायतका माग राखेर धर्ना बस्दै आएका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता २ हजार रुपैयाँ पुर्‍याएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
अन्य दिन आफ्ना मागसहित सरकारको विरोधमा नाराबाजी गर्दै आएका जेष्ठ नागरिकहरुले आइतबार यातायात व्यवस्था विभागको परिसरमा सरकारको जयजयगान गाए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली अमर रहुन् भनेर नारा लगाए ।
सामाजिक सुरक्षा भत्ता दुई हजार पुर्‍याइएकामा जेष्ठ नागरिकहरु निकै खुशी देखिए । उनीहरुले आफ्नो आन्दोलनको दवाबस्वरुप सरकारले भत्ता बढाएको भन्दै आपसमा माला र खादा साटासाट गरेर खुशी बाँडेका छन् ।
जेष्ठ नागरिकहरुले आफ्ना माग आंशिक रुपमा पूरा भएको भन्दै तत्कालका लागि मात्र धर्ना अन्त्य गरेको बताए । उनीहरुले माग आंशिक रुपमा पूरा भएको खुशियालीमा मेची महाकाली यात्रामा निस्किने र देशभरका जेष्ठ नागरिकहरुसँगको सल्लाहका आधारमा आन्दोलनका कार्यक्रम तय गरिने बताए ।
संयुक्त जेष्ठ नागरिक संघर्ष समितिका नाममा जेष्ठ नागरिकहरु २०६९ सालको फागुन २४ गतेदेखि काठमाडौको मिनभवनस्थित यातायात व्यवस्था विभागको परिसरमा धर्ना बस्दै आएका थिए ।
बृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको आन्दोलन स्थगित Reviewed by a on 6:21 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.