Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रेम र युद्धबीच भिडन्त

 
यस साता तीन नेपाली फिल्म रिलिज भएका छन् । ‘बेस्ट फ्रेन्ज फरेभर’, ‘किन गरें माया’ र ‘एक्सन’ जानरका हिसाबले हेर्दा भिडन्त प्रेम र युद्धका बीचमा हुने देखिएको छ ।
१९ वर्षको कलिलो उमेरमै फिल्म ‘बेस्ट फ्रेन्ज फरेभर’ निर्देशनको घोषणा गरेका उत्सव थपलियाले फिल्मको कथा पनि युवा पुस्ताबीचको मित्रतालाई नै रोजे । र, कलाकार पनि सौरभ चौधरी, मनीष न्यौपाने, सन्दिप घिमिरे, इन्जमाम अलि, पिंकी शेर्पा, साधना भण्डारीलगायत नयाँ र प्रेसलाई नै मौका दिए ।
फिल्म निर्माण घोषणाको झन्डै तीन वर्षपछि रिलिज हुन लागेको उक्त फिल्मलाई लोचन आचार्यले लेखेका हुन् । फिल्ममा कलेज जीवनमा साथीभाइबीच घट्ने माया, प्रेम, मित्रता र ग्याङ फाइटलाई समेटिएको छ ।
शुक्रबार नै रिलिज ‘एक्सन’ नामजस्तै एक्सन जानरामा बनाउन खोजिएको छ । नेपाली फिल्मका एक्सन किङ मानिने शिव श्रेष्ठको मुख्य भूमिका रहेको उक्त फिल्ममा जेनिशा केसी, प्रमोद दीप, कसम गुरुङलगायतको अभिनय रहेको छ ।
राजु अर्यालको निर्देशन रहेको उक्त फिल्ममा दुई पुस्ताबीचको संघर्ष कथा भनिएको छ । दीपेन्द्र कोइराला र शर्मिला तामाङ गुरुङको लगानी रहेको ‘एक्सन’ को एक्सन निर्देशनको जिम्मा भने कुमार महर्जनले सम्हालेका छन् ।
शिव श्रेष्ठका पुराना फ्यानका लागि यस फिल्म मसलेदार खुराक हुन सक्छ । त्यसैगरी प्रेमकथालाई समेटेर तयार पारिएको अर्को फिल्म ‘किन गरें माया’ ले पनि बाँकी दुई फिल्मसँगै व्यावसायिक भिडन्तमा उत्रेको हो । शीर्षकले नै लभस्टोरी बुझाउने फिल्ममा आयुष रेग्मी र सन्जु सिलवालको मुख्य भूमिका रहेको छ ।
किशोर किशोरीबीचको प्रेमलाई नै मूल कथा बनाइएको फिल्मको निर्देशन रमेश बोगटीले गरेका हुन् । महेश खडा र बसन्त सापकोटाका गीत समावेश फिल्ममा आयुष र सन्जुसहित सरु घलान, हरिश तिमल्सिना, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।

प्रेम र युद्धबीच भिडन्त Reviewed by a on 6:27 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.