Top Ad unit 728 × 90

a
Ad Inside Post

मानवीय सहायताका लागि अमेरिकी सेनाको टोली दोलखामा

भूकम्पपछिको उद्धारकै क्रममा गतवर्ष हेलिकप्टर खसेर आफ्ना सहकर्मी गुमाएको दुःखद घटनाको स्मरण गर्दै अमेरिकी सेनाको टोली पुनः मानवीय सहायताका लागि दोलखा आएका छन् ।
उनीहरु अपरान्ह सदरमुकाम चरिकोट आइपुगेर सिधै सुन्द्रावती गाविस गएका छन् । उनीहरु पर्यटक बसमा आएका हुन् । 'बाँकी दिनहरु सुन्द्रावतीमा वित्नेछन्,' उनीहरुमध्ये एकजना नेपाली भाषा बोल्नसक्ने सैनिकले बताए ।
२०७२ बैशाख २९ गते दोलखा इपिसेन्टर परेर भूकम्प गएपछि सिंगटीबाट घाइते लिएर उद्धार गर्न उडेको अमेरिकन सेनाको क्रोप्स युएच १ वाइ हुवे हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा दोलखा र सिन्धुपाल्चोकको सिमानामा ६ अमेरिकन सैनिकसहित १३ जनाको निधन भएको थियो । त्यसैको स्मरणमा अमेरिकास्थित पेन्सन भेनियाबाट आएका अमेरिकी क्यारेट टोली दोलखामा सेवा गर्न आएको सैनिक स्रोतले जनाएको छ । भाडाको मिनिबसमा आएका उनीहरु सामान्य अमेरिकन नागरिकसरह आएका छन् । उनीहरु चढ्ने बसको छतमा एक पाङ्ग्रे सामाग्री ओसार्ने हाते गाडाहरु छन् ।
काठमाडौं २ दिन बसेर सोमबार दोलखा आएका टोलीमा ३५ जना भएको जानकारी चरिकोटस्थित रणभीम गणले पाएको छ । उक्त गणले पाएको सूचनामा दोलखाको 'सुन्दर वस्ती'मा असार ३ गतेसम्म रहने छ । सुन्दर वस्ती भनेर उधृत गरिएको ठाउँ सुन्द्रावती गाविस भएको रणभीम गणले एकिन गरेको छ । 'किननी करिब २ महिना अघि २/३ जना उक्त क्यारेटका सेनाहरु सुन्द्रावतीमा रेकी गरेर फर्किएका थिए,' गणको भनाई छ ।
प्रमुख सेनानीको नेतृत्वमा आएको उक्त टोली असार ३ गतेसम्म दोलखामा बसेर विद्यालय भवन बनाउने प्रमुख कार्य गर्ने छ । सोमबार चरिकोटमा भेटिएका टोलीका सदस्यले कान्तिपुरलाई बताए । र्फकनेवित्तिकै ५ गते स्वेदश फिर्ने तालिका नेपाली सेनालाई बुझाएका छन् । तालिकामा केही सदस्य आउने सोमबार काठमाडौं धुम्बराईस्थित इष्टिच्यूट अफ क्राइसिस मेनेजमेन्टमा अन्तरकृयामा सहभागी हुने छन् ।
भूकम्पको इपिसेन्टर परेको सुनखानीको छिमेकी गाउँ सुन्द्रावतीमा उनीहरु १७ दिन वस्ने छन् । दुर्घटनाग्रस्त हेलिकप्टरले अन्तिम उडान सुनखानीको छिमेकी बजार सिंगटीबाट गरेको थियो । दुःखद घटनाको कारण बनेको स्थानको छेऊछाऊ अमेरिकन सेनाहरुले विद्यालयमा सेवा गर्ने छन् । भूकम्पले आहत मानिसहरुलाई मनोरञ्जन दिलाउने जस्ता कार्यसमेत गर्ने छन् ।

मानवीय सहायताका लागि अमेरिकी सेनाको टोली दोलखामा Reviewed by a on 6:46 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.