लुलियाको कारण हैरान सलमान
एजेन्सी: बलिउड सुपरस्टार सलमान खान यतिबेला प्रेमिका लुलिया वन्तुरका कारण हैरान छन्। सलमान र लुलियाको प्रेमसम्बन्ध बाहिरिएपछि लुलियाका बारेमा अनेक गसिप आउने गरेको छ। ती गसिपले उनलाई हैरान बनाएको हो।
सलमान अहिले विवाहको तयारीमा रहेको चर्चाले पनि उनलाई बढी इरिटेड बनाएको छ। 'म जुन दिन विवाह गर्छु त्यो सबैलाई थाहा दिन्छु' भन्दै कतिपय सार्वजनिक कार्यक्रममै उनी कड्केका छन्।
प्रेमिका लुलियाको बारेमा आएका अनावश्यक अपवाहबाट उनी दिक्क भएको उनी निकट स्रोतले जनाएको छ। यो प्रसंगलाई लिएर सलमानले 'मानिसले एउटी महिलाको इज्जत गर्न जान्नुपर्छ। जिम्मेदारी हुनुपर्छ। उसको मर्म बुझ्नुपर्छ', भनेका छन्।
बलिउडमा तीन दशक लामो अनुभव सँगालेका सलमानले यो समय कसरी बित्यो पत्तै नपाएको पनि बताएका छन्। हालै उनले दिएको एक अन्तर्वार्तामा लुलियाका बारेमा सोधिएको प्रश्नमा उनी उदास देखिएका थिए।
बलिउड अभिनेत्री प्रीति जिन्टाको विवाहको रिसेप्सन पार्टीमा सलमान र लुलियासँगै देखिएपछि उनीहरूको प्रेमप्रसंग र निजी जीवनका अनेकन गसिप आउने क्रम बढेको हो।
कुनै पनि महिलासँग देखिनु भनेको ऊसँग विवाह गर्छु भन्ने होइन भन्दै सलमानले मिडियाले उनको विवाहको खबर फैलाएर लुलियाको इज्जतको धज्जी उडाएको आरोपसमेत लगाएका छन्।
'भारतीय होस् वा विदेशी कुनै पनि महिलालाई मिडियाले बेइज्जत गर्न हुँदैन', सलमानले आक्रोश पोखेका छन्। पछिल्लो समय बलिउड बक्स अफिसमा बादशाह ठहरिएका सलमान अभिनीत पछिल्लो चलचित्र 'सुल्तान' यसै वर्ष रिलिज हुँदैछ। एजेन्सी
लुलियाको कारण हैरान सलमान
Reviewed by a
on
8:21 AM
Rating:
No comments: