Top Ad unit 728 × 90

a
Ad Inside Post

संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने

संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले उपत्यकाका भित्री सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, किर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । फोरम नेता अशोक राईले बुधबार दिउँसो रत्नपार्कमा हुने कोणसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा हुने जानकारी दिए ।
यसैगरी गठबन्धनले जेठ १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि सभा र प्रदर्शन गर्ने जनाएको छ ।
बैठकमा गठबन्धन परिचालन समितिका २९ दल सहभागी थिए । संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् ।

संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने Reviewed by a on 1:53 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.