कांग्रेसबाट संसद बैठक अवरोध
काठमाडौंः नेपाली कांग्रेसले बजेट सार्वजनिक हुनु अगाडि नै सूचना चुहिएको भन्दै सोमबारको बिहान बसेको व्यवस्थापिका संसदको बैठक अवरोध गरेको छ ।
बजेट सार्वजनिक हुनुअघि नै बजेटको सूचना चुहिएर संसदको विशेषाधिकार खोसिएको तथा मानहानी भएको भन्दै कांग्रेस सभासदहरुले व्यवस्थापिका संसदको बैठकमा अवरोध गरेका हुन्।
बैठक अवरोध गर्नेक्रममा कांग्रेसका सांसद रामशरण महतले बोल्दै बजेट आउनुअघि नै सूचना चुहिनु सरकारको गम्भीर लापरबाही र त्रुटी भएको बताए । यो त्रुटी सच्याउनका लागि छानबिन नभएसम्म बैठक चल्न नदिने महतको भनाई थियो ।
बजेट आउनुअघि नै चुहिँदा सेयर बजारमा समेत असर परेको भन्दै मतहले आपत्ति जनाएका हुन् । महतले केही मिनेट बोलिसकेपछि कांग्रेस सांसदहरु संसद छाडेर बाहिर निस्केका थिए ।
कांग्रेसले संसद बैठक अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले आधा घण्ठाका लागि बैठक स्थगित गरेकी छन् ।
Reviewed by a
on
11:51 PM
Rating:
No comments: