Top Ad unit 728 × 90

a
Ad Inside Post

हेर्नुहोस् बलिउड अभिनेता सलमानको फार्म हाउस

एजेन्सीः बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको मुम्बईको पनवेलस्थित फार्म हाउस विभिन्न पार्टी तथा सामाजिक संघसंस्थाले आयोजना गर्ने कार्यक्रमका लागि चर्चित छ ।
सलमानले खेलेको सुपरहित फिल्म ‘बजरंगी भाइजान'का केही दृश्य पनि उनकै फाम हाउसमा शूट गरिएको थियो ।
पनवेलमा रहेको सलमानको यो फार्म हाउसको नाम अर्पिता फाम्र्स राखिएको छ । अर्पिता उनकी बहिनी हुन् । यो फार्म एक सय ५० एकर्ड क्षेत्रफल भएको जमिनमा अवस्थित छ ।
घोडचडीमा शोख भएका सलमानको फार्महाउसमा घोडासहितका घरपालुवा जनावर राखिएको छ । उनीहरुको रेखदेखका लागि ठूलो क्षेत्र बनाइएको छ ।
अगाडिबाट देखिएको सलमानको फाम हाउस
सोही फार्महाउसमा धेरै समय बिताउने सलमान अहिले उनकी गलफेन्ड लूलिया वन्तुरका साथ देखिने गरेका छन् ।
शारीरिक कसरतलाई ध्यानदिने सलमानले आफ्नो फाम हाउस परिसरमा सुविधासम्पन्न जीम हाउसका साथै ठूलो क्षेत्रफल भएको स्वीमिङ पुल पनि बनाइएको छ ।

हेर्नुहोस् बलिउड अभिनेता सलमानको फार्म हाउस Reviewed by a on 1:03 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.