Top Ad unit 728 × 90

a
Ad Inside Post

भारत तीन टुक्रा र जर्मन दुई टुक्रा भएको स्मरण गर्दै यादवले दिए चेतावनी

काठमाडौं— वार्तामा बस्न अस्वीकार गर्दै अाएकाे अान्दाेलनरत पक्षका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस मुद्दामा सरकार ठोस राजनीतिक निर्णयसहित प्रस्तुत नहुँदासम्म वार्ता बस्नुको औचित्य नभएको दाेहाेर्याएका छन्। आन्दोलनरत मधेसकेन्द्रित दल वार्ताबाट नै समस्या समाधानको पक्षमा रहेको जनाउँदै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लोपटक वार्ता भंग गरेको आरोप लगाए।
'संविधान पुनर्लेखन गर्न सकिँदैन भने केको लागि वार्ता गर्ने ?,' उनले भने, 'सरकारले देश र दुनियाँलाई झुक्याउन मात्र वार्र्ता आह्वान गरिरहेको छ । '
संविधान जारी गर्ने तत्कालीन राष्ट्रपतिले नै संविधान अपुरो रहेको बताएको स्मरण गराउँदै यादवले प्रधानमन्त्री, राष्ट्रपति र सरकारमा पुग्ने हतारोमा गलत संविधान निर्माण गरिएको आरोप लगाए । अहिले पनि सरकार आन्दोलन दबाएर जाने सोचमा रहेको जनाउँदै उनले भने, 'नस्लवादी चिन्तनले जर्मनीलाई दुईवटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एन्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ।'
उनले जनताले नै नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने अर्थ नहुने दाबी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रूप लिई संविधान नै बर्खास्त हुने चेतावनी दिए।
-nagarik news

भारत तीन टुक्रा र जर्मन दुई टुक्रा भएको स्मरण गर्दै यादवले दिए चेतावनी Reviewed by a on 6:47 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.