Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रधानमन्त्रीको प्रश्न- बजेट भन्या पोको पारेर राख्ने होर ?

प्रधानमन्त्रीको प्रश्न- बजेट भन्या पोको पारेर राख्ने होर ?

'वितरणमुखी बजेट भनेर आलोचना गर्नुमा दम छैन'

 प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट वितरणमुखी भएको पुष्टि गरेर देखाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई चुनौति दिएका छन् । विरोध गर्ने ठाउँ कतै नपाएपछि कांग्रेसले बजेटलाई वितरणमुखी भनेको ओलीले बताए ।
आइतबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटको आलोचनामा कुनै दम नरहेको बताए ।
‘अर्थमन्त्रालय, राष्ट्र बैंकमा पैसा पोको पारेर राख्ने होर, बजेट भन्या ?’ ओलीले प्रश्न गर्दै भने, ‘बजेट भनेको बाटा बनाउनलाई वितरण गर्ने, विद्युत आयोजना बनाउन वितरण गर्ने, कर्मचारीलाई तनखा, शिक्षकलाई तनखा दिन होइन र ?’
उनले बजेट वितरणमुखी भयो भनेर आलोचना गर्नुको पछाडि कुनै दम नभएको दाबी गरे । उनले वितरणमुखी भन्ने अमूर्त कुरा नगर्न पनि आग्रह गरे ।
‘बजेट भनेको बिभिन्न आयोजनामा वितरण गर्ने नै हो,’ ओलीले फेरि थपे, ‘कपाल कन्याउदै के भन्ने त भन्दाखेरि छरेको जस्तो भयो रे ! यी आलोचनाका पछाडि कुनै दम छैन ।’
उनले बजेट जथाभावि वितरण गरेको र छरेको देखाउन चुनौति समेत दिए । ‘वितरणमुखी भयो भन्ने अमूर्त कुरा गरेर हुँदैन, छर्‍यो भनेर हुँदैन,’ ओलीले प्रश्न गरे, ‘कहाँनेर छर्‍यो, कहाँ वितरणमुखी भयो ?’
लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी
बजेटमा उल्लेख गरिएभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरेर देखाउने उनले दाबीसमेत गरे ।
अघिल्लो आर्थिक वर्षको भन्दा ३२ प्रतिशत बढी आकारको बजेट ल्याउने पार्टीलाई चालु आर्थिक वर्षको भन्दा २८ प्रतिशत बढीको बजेट ल्याउँदा ठूलो आकार भयो भनेर आलोचना गर्न नसुहाउने उनले तर्क गरे ।
बजेटले मुलुकको तिब्र आर्थिक विकासको बाटो देखाएको भन्दै प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा सरकारले ध्यान दिने बताए ।
उहाँले राजनीतिक दलका नेता र सरकारी संयन्त्रमा ढिलो हिंड्ने बानी रहेका कारण बजेटको कार्यान्वयनलाई लिएर प्रश्न उठाइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
एमाले संसदीय दलको बैठकले आर्थिक वर्ष ०७३/७४ को बजेटको स्वागत गरेको छ ।
प्रधानमन्त्रीको प्रश्न- बजेट भन्या पोको पारेर राख्ने होर ? Reviewed by a on 6:46 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.