Top Ad unit 728 × 90

a
Ad Inside Post

४० दिनमा प्रियंकालाई १०० करोड

बलिउडबाट हलिउडतिर फड्को मारेकी प्रियंका चोपडाको चर्चा अहिले जतासुकै छ । सिरियल ‘क्वान्टिको’ पछि ठूलो फिल्म ‘बेवाच’मा पनि अभिनय गरेपछि प्रियंकाले अहिले हलिउडमा आफ्नो नाम बनाइरहेकी छन्। 

यिनै प्रियंका हलिउडबाट ४० दिनको ब्रेक लिएर बलिउड आउन लागेको कुरा अहिले समाचार बनेको छ । त्यो पनि किनभने, यो ब्रेकमा उनले भारतमा २४ वटा विज्ञापनमा अभिनय गर्ने र त्यसका लागि उनले करिब १०० करोड भारु पाउने हुनाले । 

हलिउडसँगै प्रियंका बलिउडमा पनि निकै सफल छिन् । यी पूर्व विश्वसुन्दरीले अभिनय गरेका पछिल्ला हिन्दी फिल्महरु पनि सफल छन् । यसपालिको बलिउड ब्रेकमा उनले विज्ञापनहरुसँगै नयाँ हिन्दी फिल्महरुमा पनि अभिनय गर्ने टुंगो लगाउने बताइएको छ । हलिउडमा पाएको सफलतापछि के उनी जेम्स बोन्डमाथि बन्ने फिल्ममा बोन्ड गर्ल बन्न ईच्छुक छन् भनि सोधिएको प्रश्नमा प्रियंकाले भनिन्, ‘किन बोन्ड गर्ल ? म बोन्ड नै बन्न चाहन्छु !’
४० दिनमा प्रियंकालाई १०० करोड Reviewed by a on 6:25 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.